२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ?

किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ?


चिसो मौसम भएकाले अस्पतालमा दैनिक निमोनिया भएका बिरामीहरु आउने संख्या बढ्दो छ । अस्पतालमा आउने बिरामीमध्ये निमोनियाका कारण दैनिक ५ देखि १० जना अस्पतालमै भर्ना हुने गर्दछन् ।

खासगरी सामान्य रुपमा हुने भनेको भाइरल निमोनिया हो । जति चिसो मौसम बढ्दै गयो भाइरल निमोनिया पनि बढ्दै जान्छ । भाइरल निमोनिया पत्ता लगाउने हालसम्म संयन्त्र नभएतापनि लक्षणका आधारमा पत्ता लगाउन सकिन्छ ।

के हो निमोनिया ?

सामान्यतयाः निमोनिया भनेको फोक्सोको संक्रमण हुनु हो । फोक्सोमा संक्रमण ब्याक्टेरिया तथा भाइरसका कारणले हुने गर्दछ ।

ब्याक्टेरियाले गराउने निमोनिया अलि गम्भीर खालको हुन्छ र यस प्रकारको निमोनियाले बढी हानी पु¥याउने खालको हुन्छ । जसका कारण बिरामीलाई आईसीयुमा नै भर्ना गर्नुपर्ने हुन्छ, जसले मृत्युदरसमेत बढाउँछ ।

निमोनिया भएको कसरी थाहा पाउने ?

बालबालिकामा निमोनियाको सुरुवाती लक्षण भनेको रुघाखोकी नै हो । रुघाखोकी बढ्दै गएमा श्वास फेर्न गाह्रो हुने अथवा श्वास छिटो—छिटो फेर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हरेक उमेर समूहको श्वासप्रश्वासको दर निर्धारण गरेको छ । समान्यतयाः २ महिनासम्मको बच्चाले प्रति मिनेट ३० देखि ६० पटकसम्म सामान्य मानिन्छ ।

अहिले ५ वर्षसम्मको बच्चा सुख्खा खोकीको समस्या लिएर चिकित्सक कहाँ आउने गर्दछन् । कसै–कसै बच्चाहरुले कोखा हान्ने समस्यासमेत लिएर आउँछन् । बच्चाहरुमा चिडचिडाहपन हुने, दूध नखाने ,कोही बच्चा भने सुस्त हुने गर्दछन्

निमोनियाको वर्गीकरण

अहिलेको समयमा अस्पतालको तथ्यांकअनुसार दैनिक ओपिडीमा आउने ४०–५० बिरामीमध्ये ५–१० जना निमोनियाको कारण अस्पताल भर्ना गर्नुपर्ने देखिन्छ ।

–भाइरल निमोनिया सामान्य हुन्छ । यो सामान्यतयाः खोकी र चिसो रूपमा सुरु हुन्छ । सबै खोकी र चिसो निमोनियामा प्रगति गर्दैन् । केही भाइरल माथिल्लो श्वासप्रश्वास नलीको संक्रमणले विस्तारै तल्लो श्वासप्रश्वास नलीमा निमोनियाको कारण बन्न जान्छ ।

—धेरैजसो निमोनियाको ओपीडीमा उपचार गर्न सकिन्छ । केवल गम्भीर निमोनियालाई अस्पतालमा भर्ना चाहिन्छ र तीमध्ये केहीलाई आईसीयु चाहिन्छ ।

–दम वा बारम्बार छातीमा संक्रमण भएका बालबालिकाहरूलाई इन्फ्लुएन्जा खोप वार्षिक रूपमा सिफारिस गरिन्छ ।

–फङ्गल निमोनिया दुर्लभ छ । लामो समयसम्म स्टेरोइड सेवन गर्ने, एचआईभी÷एड्सबाट संक्रमित, क्यान्सरको केमोथेरापी औषधी सेवन गर्ने बालबालिकाहरूमा यो हुन्छ ।

– बारम्बार निमोनिया भएका बालबालिकाहरूलाई टिबी, एचआईभी इम्युनोडेफिसियन्सी (जसमा संक्रामक रोगहरू र क्यान्सरसँग लड्ने प्रतिरक्षा प्रणालीको क्षमता अनुपस्थित हुन्छ)।

कसलाई बढी खतरा

यथोचित र बेलैमा उपचार गर्न सके निमोनियाले त्यति बिगार गर्दैन तर बेलैमा सही उपचार सुरु नहुँदा रोगका किटाणुहरू रगतमा फैलिएर सेप्टिसिमियाको अवस्था आउन सक्छ । यसले ज्यान पनि जान सक्छ । यसैगरी फोक्सोको धेरै स्थानमा पानी जम्दा पर्याप्त अक्सिजन नपुगेर पनि मान्छे मर्न सक्छ ।

यदि रोगी पाँच वर्ष मुनिको बालक हो वा ६० वर्षको माथिको जेष्ठ नागरिक हो वा प्रतिरक्षा प्रणाली कमजोर भएको, मिर्गौला, कलेजो मुटुरोगको बिरामी र क्यान्सरको रोगका बिरामी, स्टेरोइड थेरापी लिइरहेको, एचआईभीबाट संक्रमित भएको वा ठूलो चोटपटक लागेको मान्छे हो भने उनीहरूमा यो रोग ज्यानमारा पनि हुन सक्छ ।

कुन अवस्थामा बढी जोखिम ?

–जाडो र वर्षाको मौसम
–धुवा, धुलो फोहोरमैला र प्रदूषित वातावरण ।
–दाउरा, गुइठाजस्ता बायोमास जलाइने नेपाली चुलो ।
– धुम्रपान र मध्यपान ।
– दम, पूरानो खोकी र क्यान्सरजस्ता फोक्सोको रोग ।
– कमजोर प्रतिरक्षा प्रणाली ।
– मिर्गौला एवं कलेजोका गम्भीर रोगहरू ।
–टिबी, एचआईभी एड्स, मधुमेह, क्यान्सर र मुटुको रोग ।
–५ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिको उमेर

निमोनियाले फोक्सो पु¥याउने असर

निमोनियाले मुख्यतयाः फोक्सोले गर्ने कार्य श्वास—प्रश्वासमा पु¥याउनु हो । निमोनिया बढ्दै गएपछि शरीरमा अक्सिजनको मात्रा पनि घट्दै जान्छ । कहिलेकाहीँ निमोयिा बिगे्रर छातीमा पिप जम्न सक्छ । पानी जम्न सक्छ र भित्री रुपमा पिलो पनि बन्दछ । कहिलेकाही फेक्सो नै कोल्याप्स हुन सक्ने हुन्छ ।

योबाहेक फोक्सो बाहिर पनि समस्या देखिन्छ । फोक्सोको संक्रमण रगतमा फैलिने र गम्भीर खालको निमोनिया भए ज्यान जान सक्छ ।

निमोनियाको खतरा

निमोनियाको कारणले सबैभन्दा बढी खतरा ५ वर्षमुनिका बालबालिकालाई हुन्छ । त्यसभन्दा बढी शिशु जन्मेको १ वर्षभित्र बढी खतरा हुने गर्दछ । नवजात शिशुमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कम हुने कारणले निमोनियाको संक्रमण हुने र गम्भीर अवस्थामा पु¥याउँछ ।

निमोनियाको कारणले बालबालिकाहरुमा श्वास फेर्दा आवाज निस्किने हुन्छ । निमोनिया भयो भने छातीमा डल्लो हुने गर्दछ । सामान्यतयाः फोक्सोमा हावा हुन्छ र निमोनिया भए पश्चात तरल पदार्थ जम्मा हुने भएकाले श्वास फेर्न गाह्रो हुने गर्दछ । कहिलेकाहीँ श्वास—प्रश्वास नलीहरु संक्रमणका कारण सुन्निने भएकाले श्वास फेर्दा आवाज आउने गर्दछ ।

रोकथाम तथा उपचार

सबैभन्दा राम्रो कुरा भनेको निमोनिया हुनै नदिनु हो । बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु पर्दछ । पाउडर दूध तथा गाई भैसीको दुध खुवाउनु हुँदैन् । बोतल दूध खुवाउने बच्चाहरुमा जोखिम बढी हुन्छ । ६ महिनापछि बच्चाहरुलाई पौष्टिक आहार खुवाउनु पर्दछ ।

निमोनिया अन्य रोगको संक्रमणबाट बचाउने भनेको खोप नै हो । त्यही भएर बालबालिकाहरुलाई खोपको मात्रा समयमै दिनुपर्दछ । खोपले गम्भीर खालको निमोनियाबाट बचाउँछ । बच्चाहरुलाई चिसो तथा धुलो धुँवाबाट बचाउनुपर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ