२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यक्षयरोग के हो ? कसरी सर्छ ?

क्षयरोग के हो ? कसरी सर्छ ?


क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक किटाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो। यो बाहेक यसका अन्य प्रजातिहरु पनि हुन्छन। प्रायजसो  यो रोग  श्वासप्रश्वासबाट सर्ने गर्छ। शरीरमा क्षय आउने भएकोले यो रोगलाई क्षयरोग भनिएको हो।

कसरी सर्छ यो रोग ?

संक्रमित व्यक्तिले खोक्दा, हाच्क्षियु गर्दा हास्दा नजिक बस्ने व्यक्तिलाई सर्ने गर्दछ। श्वासप्रश्वास फेर्दा निस्कने कणहरु  हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने हुन्छ। जुन सबैभन्दा पहिला फोक्सोमा जाने र अन्य भागमा पनि फैलिने सम्भावना हुन्छ  ।

यो रोग अवसरवादी हुन्छ। शरीर कमजोर भएको अवस्थामा यसले आक्रमण गर्छ। नेपालको सन्दर्भमा गरिबी, कुपोषण र एचआइभी  ठुलो चौनतीको रुपमा रहेको छ। किनभने  रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा  यो रोग छिटो विकसित हुन्छ।

क्षयरोगले हाम्रो शरीरको अंगमध्ये सबैभन्दा बढी यसले फोक्सोमा संक्रमण गर्छ। र, फोक्सो बाहेक शरीरको अन्य भागमा ग्रन्थी, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन, छाला, आँखा र टाउको आदिमा पनि लाग्न सक्छ। यसको अंगअनुसार लक्षण फरक हुन्छन। तर, सामान्यतया यी लक्षणहरु देखिन्छन।

  • ज्वरो आउने,
  • राती पसिना आउने,
  • खानामा अरुचि,
  • श्वास फेर्न कठिनाइ हुने,
  • खकारबाट रगत आउने,

माथि उल्लेखित लक्षणहरूको साथै फोक्सोमा क्षयरोग हुँदा देखिने लक्षण:-

  • दुई साता भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,
  • शरीरको तौल घट्नु ,
  • बेलुकापख ज्वरो आउनु ,
  • छाति दुख्नु ,
  • खाना अरुची हुनु ,
  • श्वासप्रश्वासमा कठिनाइ,
  • खकारमा रगत देखिनु आदि।

यो खकारको परीक्षण गर्दा संक्रमण भएको नभएको पत्ता लगाउन सकिन्छ। त्यस्तै, छाला र हड्डीमा क्षयरोग देखिएको छ भने बायोस्पी गरेर पत्ता लगाउन सकिन्छ।

त्यस्तै, अन्य अङ्गमा जस्तै हाड तथा जोर्नीमा क्षयरोग भएमा हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने आदि हुन सक्छ। पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, मस्तिष्कमा हुँदा टाउको दुख्ने , बान्ता हुने आदि।

यसको उपचार विधि :

यो रोगको उपचार गरेमा ९५ प्रतिशत ठिक हुने हुन्छ। क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ । उपचार अवधि भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ ।

समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्याधिक हुन्छ। उपचार नगराउँदा ५५ प्रतिशतमा मृत्यु हुने पनि देखिन्छ।

‘औषधीबीचमा छाड्न हुँदैन’

औषधी खाएर आफुलाई ठिक भएको महसुस गर्ने बित्तिकै बीचमै औषधी छाड्ने पनि गरेको देखिन्छ। जन निकै गलत हो। केहि समयको लागि निको भएको जस्तो गराए पनि शरीरको भित्रि भागमा भएको ब्याक्टेरिया नास भैसकेको हुँदैन। त्यसको परिणामस्वरूप  झन् किटाणुहरु एन्टी बायोटीकल विरुद्ध झन् बलियो भएर आउँछ र प्रयोग गरिरहेको औषधीले समेत काम नगर्ने हुन्छ । त्यस्ता बिरामीको लागि लामो समयसम्मका लागि कडा औषधी चलाउन पर्ने अवस्था सृजना हुन्छ।

क्षयरोगको औषधी प्रयोग गरिरहँदा  वाकवाकी लाग्ने, जण्डिस देखिने, हातखुट्टा झमझमाउने, आँखा चिलाउने जस्ता साइडइफेक्ट देखिएर पनि बीचमै छाड्ने गरेको पाइएको छ । साइड-इफेक्ट देखिदैमा औषधी छाड्नु भन्दा तुरुन्त  चिकित्सकसँग परामर्श लिन सकिन्छ जसले उचित उपचार गर्न सहज हुन्छ ।

..सामान्यतया यी लक्षणहरु देखिन्छन।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ