२०८० जेठ २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यनिष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट

निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट


मुटुरोगलाई चिकित्सकीय भाषामा प्रायः हृदय रोग भनिन्छ। मुटु हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो जसले निरन्तर रगत पम्प गर्छ र अक्सिजन आपूर्ति गर्न कुरा हामी सबैलाई थाहाँ छ।  मुटुको सामान्य काममा गडबड हुँदा मुटुसम्बन्धी रोग लाग्छ । हृदय रोगअन्तर्गतका प्रमुख रोगहरूमा रक्त नली सम्बन्धित रोगहरू जस्तै:- कोरोनरी धमनी रोग, रक्त बाहिनी रोग, मुटु विफलता, हृदय चाल सम्बन्धि समस्या (एरिथमिया) र जन्म देखि लाग्ने हृदय दोष आदि हुन् ।

 बाथ रोगले निम्त्याउने मुटु रोग

बाथ रोगले निम्त्याउने मुटु रोग पनि एक समस्या हो । यो रोग संक्रमणका कारण लाग्छ । घाँटीमा टन्सिल भएर मुटुमा हान्छ र यसके जटिलता निम्त्याउछ। त्यो संक्रमणले पछि भल्भ सम्बन्धि समस्या निम्त्याउछ।  मुटुको बाथ रोगी हुनेहरुमा मुटुको भल्भ जाम हुने, मुटुको कोठामा भएका भल्भहरु कमजोर हुने, लुज हुने हुन्छ । सले मुटुका भल्व अनावश्यक रुपमा बन्द गरिदिने वा चाहिने भन्दा बढी खोलिदिने समस्या पैदा गरिदिन्छ । मुटुका भल्वहरु एकबाट रगत आउने र अर्कोबाट जाने प्रक्रिया चलिरहेको हुन्छ । यस्तोमा आउने वा जाने मात्र बन्द भएमा समस्या पैदा हुन्छ । यसले मुटुको चालमा समेत असर गरिहेको हुन्छ ।

लक्षण

  • घाँटी दुख्ने।
  • विस्तारै शरीरको जोर्नीहरु दुख्ने।
  • ज्वरो आउने।
  • थुक निल्न अप्ठ्यारो हुने।
  • ठूला जोर्नीहरू सुन्निने र दुख्ने हुन्छ ।
  • मुटुको मांसपेशी बाहिर सुन्निने, पानी जम्ने र मुटुको चाल मै गडबडी आउने

एरिथमिया

मुटुको चाल सम्बन्धि गडबडी हुने समस्या पनि हुन्छन् । सामान्यतयाः ६० देखि १०० सम्म हुनुपर्ने हो । तर, केहीमा ६० भन्दा पनि तल आएर चक्कर लागेर ढल्ने र सयभन्दा बढी भयो भने पनि त्यही समय आउने गर्छ । यसलाई मुटुको चाल सम्बन्धि गडबड भनिन्छ ।

लक्षण

  • ढुकढुक हुने
  • चाल कम हुँदा चक्कर लाग्ने
  • चाल बढी हुँदा मुटुलाई भुईचालो आएको जस्तै गरी हल्लाउछ
  • बेहोस हुने,

जन्मजात मुटुमा प्वाल हुनु

गर्भमा बच्चा रहँदा मुटुमा प्वालहरु हुने गर्छ । जसले रक्त संचार गराउँछ। बच्चा जन्मिएपछि ती प्वालहरु विस्तारै बन्द हुन्छन् । जीन कसैमा रहेछ भने बालबच्चामा पनि यो रोग लाग्ने सम्भावना हुन्छ जसकारण मुटुलाई हानि पु-याउने खालको तत्वबाट टाढा रहनु पर्छ ।  तर, केही बच्चामा भने उमेर बढेसँगै ती प्वाल बन्द भएन भने मुटु रोग लाग्न सक्छ ।

कारण :-

बच्चा गर्भमा रहँदा आमाले एन्टिडिप्रेशन, छारेरोग तथा रगत पातलो गराउने औषधी लिंदा बच्चाको मुटुमा समस्या देखिन सक्छ। बच्चा गर्भमा हुँदा आमालाई भाइरल इन्फेक्सन, मधुमेह आदि भयो भने बच्चाको मुटुमा असर पर्न सक्छ।

लक्षण

  • छाला, ओठ तथा नङ निलो हुने
  • मुटुको धडकन बाहिरबाटै सुन्न सकिने
  • वजन कम हुने
  • मुटुमा छेद भएका शिशुलाई खाना खाँदा तथा शारीरिक गतिविधिको दौरान छिटो थकान महसुस हुने गर्छ ।

मासु कमजोर हुने

मुटुको मासु कमजोर हुँदै असामान्य हुँदै गइ हार्ट फेल हुन्छ। मुटुको मासु हुनुपर्ने ठाउँमा मासु नभएर बोसो बस्ने र अरु फाइवरहरु आएर बस्छ, जसले मुटु कमजोर हुन्छ । मुटु कमजोर हुँदै—हुँदै अन्ततः मुटु फेल हुन्छ ।

कोरोनरी धमनी रोग

कोरोनरी धमनी रोग एक प्रकारको हृदयघात सम्बन्धि रोग हो। जसमा मुटुले काम गर्न पर्याप्त रगत प्राप्त गर्दैन। यो रोगमा मुटुमा रगत पुर्‍याउने धमनी अवरुद्ध हुन्छ र वरपर एक प्रकारको प्लाक जम्न थाल्छ । यो रोगको उपचार सम्भव भए पनि यसको ख्याल गरिएन भने यसले ज्यान समेत लिन सक्छ । यो रोग हुँदा मुटुको मुटुमा लैजाने नशामा अवरोध हुने, कोहिमा ६० प्रतिशत ब्ल्केज हुने सम्भावना हुन्छ।

बोसो, कोलेस्ट्रोल, क्याल्सियम र रगतमा रहेका अन्य पदार्थहरू भनिने फ्याटी, मोमी जम्मा एथेरोस्क्लेरोसिस भनिने प्रक्रियामा कोरोनरी धमनीहरूमा निर्माण हुने धमनीहरू साँघुरो बनाउन वा तपाइको धमनीहरूमा निर्माण गर्न सक्छ। यो रोग पुरुष र महिला दुवैको लागि मृत्युको प्रमुख कारण हो। युवा अवस्थामा  हृदयघात हुने प्रमुख कारण धुम्रपान सेवन नै हो ।

कारण :-

  •  धुम्रपान र मद्यपान सेवन गर्ने बानी,
  • दिर्घ रोग भएमा
  •  विलाशिता जीवनशैली विताउने, शारीरिक व्ययायम नगर्ने
  • जंक खानेकुरा बढी खाने,
  • प्लास्टिकमा प्याक गरेको र बोटलको खानेकुरा खाने। यी स्लो पोइजन हुन्।
  • र, तनावग्रस्त जीवन।

धुम्रपान र मद्यपान  नगर्ने मानिसमा कोरोनरी धमनी रोगको जोखिम कम हुन्छ । तर, दिर्घ रोग जस्तै मधुमेह र उच्चरक्तचाप छ भने चाहिं धुम्रपान नगर्ने युवाहरुमा पनि यसको जोखिम बढी हुन्छ  । 

हार्ट फेल हुनु

हार्ट फेल भनेको मुटुले काम गर्न विस्तारै छोड्ने हुन्छ। फेल हुने बित्तिकै मुटुले काम नै नगर्ने भन्ने हुँदैन। हार्ट फेल भए पनि मुटुले काम गर्छ। मुटुले कम काम गर्ने हुन्छ। हिड्नलाई सुत्नलाई समस्या हुन सक्छ।  यस बाहेक मानिसको मांसपेशी धेरै कडा हुन थालेपछि हृदयघातको अवस्था पनि देखिन्छ । यस क्रममा मुटुको पम्पले राम्ररी काम गरिरहेको भए पनि उनको शरीरमा रगतको प्रवाह अवरुद्ध हुन्छ । अहिले कतिपयलाई भने मुटु फेल हुँदा पनि कुनै लक्षण देखिदैन ।

यस्ता लक्षण देखिन्छन्

  •  मुटुको धडकन एक्कासि बढ्नु
  • घाँटीको नसामा फुल्नु ।
  •  लगातार खोकी लाग्नु
  • पेट फुल्नु
  • सास फेर्न समस्या हुनु
  • भोक नलाग्ने
  •  धेरै थकित हुनु।

हृदयाघात

हृदयाघातको जोखिम बढ्दै गएको देखिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई मुटु रोगको जोखिम हुन्छ । हृदयघातलाई मुटुको प्रमुख रोग मानिन्छ, जुन विश्वभर तीव्र गतिमा फैलिरहेको छ । समयमै उपचार नगरे मृत्यु हुने सम्भावना रहन्छ ।

कारण

उमेर – ४५ वर्षभन्दा माथिका पुरुष र ५५ वर्षभन्दा माथिका महिलालाई हृदयघात हुने सम्भावना बढी हुन्छ।
आहार व्यस्त जीवनशैलीका कारण अनियमित खानपान, जंक फूड वा बढी मसलादार खानेकुराले हृदयाघात निम्त्याउँछ।
जेनेटिक्स –  हृदयघातको उच्च जोखिम पनि वंशाणुगत हुन सक्छ।
रक्तचाप – उच्च रक्तचापका कारण मुटुमा अनावश्यक तनाव हुन्छ ।
मोटोपना अत्यधिक तौलले मुटुमा दबाब दिन्छ।

(मुटुलाई कमजोर बनाउने मधुमेह रोग, मृगौला रोग, उच्चरक्त जस्ता दिर्घकालिन रोग  हुन् । त्यसबाहेक हामीले खान रुचाउने जंक फुड पनि मुटुलाई असर गरिरहेको हुन्छ ।  प्याकेटमा र बोटलमा आउने फुडमा केमिकल मिसिएको हुँदा त्यसले मुटुलाई असर गर्ने हुन्छ ।)

 लक्षण

  • छाति दुख्ने,
  • काम गर्दा दुख्दा छाति फुट्ला जस्तो हुन्छ,
  • खुट्टा सुनिन्छ (मुटुले पम्प गर्न सकेन भने पानी जम्न गै मुटु फेल हुन्छ),
  • हातले काम गर्दा छातीमा अहज हुने,
  • भर्याङ्ग चढ्दा दुख्ने,

महिलालाई रजोनिवृत्ति पछि मात्रै हृदयघात हुने सम्भावना

महिलालाई ४५ वर्षपछि हृदयघात हुन्छ भन्ने धेरैको विश्वास छ ।  महिनावारी सुकिसके पछि महिलामा पनि पुरुषमा जतिकै हृदयघातको जोखिम बढी हुन्छ । महिनावारीमा हुने हार्मोनको परिवर्तन भैरहने हुँदा कुनै रोग छैन भने महिलालाई हृदयघात हुँदैन ।  जब महिनावारी सुक्छ तब भने पुरुषको जस्तै जोखिम हुने गर्छ ।

मुटु रोगको परीक्षण आवश्यक

मुटु रोग लागेको नलागेको थाहाँ पाउनको लागि मुटु परीक्षण गर्नु आवश्यक छ।  मुटु रोग लागेपछि मात्रै यसले लक्षण देखाउने भएकोले वर्षमा एकपटक वा सकिन्छ भने ६ महिनामा एकपटक मुटु चेकअप गराउनु जरुरी छ। मुटु परीक्षणको लागि इसिजी, इको र टीएमटीको परीक्षण गर्नुपर्छ।

मुटु रोगका प्रारम्भिक लक्षणहरू

मुटु रोग कसैलाई पनि हुन सक्छ ।  हृदय रोगका प्रारम्भिक लक्षणहरू बारे समयमै थाहाँ पाउँदा यसबाट बच्न सकिन्छ।

  • थकान र कमजोरी
  • खोकी
  • खुट्टा सुन्निएको
  • छाती असुविधा
  • भारीपन, छातीमा दबाबशरीरको माथिल्लो भागमा बारम्बार दुखाइ जस्तै हात, बङ्गारा, घाँटी, पछाडि, वा पेट
  • श्वास  फेर्न कठिनाईचक्कर लाग्नु, पसिना आउनु
  • हृदय रोगको उपचार कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टी वा बाइपास सर्जरीबाट गर्न सकिन्छ।

मुटु रोगबाट कसरी जोगिने ?

केही प्रकारका हृदय रोगहरू रोक्न सकिँदैन। यद्यपि, हामीले जीवनशैलीमा परिवर्तन ल्याउने अन्य धेरै प्रकारका हृदय रोगलाई रोक्न सक्छौं जसले तपाईंको हृदय रोगलाई सुधार गर्न सक्छ।

  •  हप्ताको अधिकांश दिन कम्तिमा ३० मिनेट व्यायाम गर्नुहोस्।
  • नुन र बोसो कम भएको आहार लिनुहोस्।
  •  धुम्रपान नगर्नुहोस्
  • आफ्नो सरसफाइको ख्याल राख्नुहोस्।
  • तनावमा काम नगर्ने,
  • पर्याप्त सुत्ने,
  • खुसी रहने,
  • लागुपदार्थ सेवन नगर्ने,

जनमानसमा बढी सचेतना हुँदा मुटुका बिरामी बढे

नेपालमा हाल २० प्रतिशत जति मुटु रोगका बिरामी बढेका छन्। अहिले पहिलाकोभन्दा मानिस जागरुक भएको हुँदा मुटु रोग पत्ता लागिरहेको छ। जसले गर्दा पनि मुटु बिरामीको संख्या बढ्दै गएको देखिन्छ। पहिला मुटु रोगबारे कमैलाई मात्र थाहाँ हुन्थ्यो । धेरै नै च्यापेपछि मात्रै अस्पताल जाने चलन थियो । तर, अहिले भने आफै पनि बिरामी भएमा सामाजिक संजालमा खोज गर्ने, केहि भै हालेमा अस्पताल जाने, विमाको सुविधा भएकोले स्वास्थ्य परीक्षण गराउन प्राय अस्पताल आउने संख्यामा वृद्धि भएको  हुँदा पनि जागरुकता बढेको देखिन्छ  ।

नेपालमा मुटु रोगको उपचार पद्दति

नेपालमा मुटु रोगको प्राय सबै प्रकारको उपचार हुन्छ। एनजियोग्राफि, ‘मिनिमेट्यूर ,आइसीटी , एनजियोप्लाष्टी, पेसमेकर  जस्ता प्रविधिहरु छन्  । जन्मजात प्वाल भएका बच्चाहरुको अप्रेसन बिना उपचार गर्ने व्यवस्था नेपालमै छन् ।

त्यस्तै, बिना अप्रेसन वेहोस् नपारी बिरामीको मुटुको चाल ठीक गर्ने छ न् मुटुको चाल सामान्य अवस्थाभन्दा बढी भएमा उक्त समस्यालाई निको पार्न यो प्रविधिको प्रयोगद्वार उपचार गरिन्छ । एनजियोग्राफि, एनजियोप्लाष्टी जुन जालि राख्ने र खोल्ने, मुटुका ब्लक खोल्ने उपचार पद्धति हो।

(डा. विष्टसँग हेल्थआवजकी मनिषा थापाले गरेको कुराकानीमा आधारित)


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)