२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडिमेन्सिया भनेको के हो ?

डिमेन्सिया भनेको के हो ?


मान्छेको स्मरणशक्तिमा हा्रस आउने, बोलीचालीमा परिवर्तन भएर गणितीय हिसाबमा कमजोरी भएर व्यवहारमा ठूलो परिवर्तन हुने अवस्थालाई डिमेन्सिया भनिन्छ । यो एक प्रकारको रोग हो । बिरामीले पहिलादेखि नै गर्दै आएका कामहरु जस्तैः लुगा लगाउने, खानेलगायतका क्रियाकलापमा परिवर्तन आउँदैं जान्छ ।

ब्रेनको माथिल्लो जुन मुख्य हिस्सा हुन्छ, त्यसले गर्ने काम जस्तैः बोल्ने, सुन्ने लेख्नेजस्ता बोली, भाषा, भाषिक कुराहरु अर्को सम्झन सक्ने स्मृतिका कुराहरु, त्यसबाहेक साधारण गणितीय हिसाब—किताब, जजमेन्टल क्यापिसिटी आदि हुन्छन् । तीमध्ये कुनै दुई वटा फङ्गसनमा ह्रास आउनु नै डिमेन्सिया हो ।

अर्को, लक्षण भनेको उसको व्यक्तित्वमा परिर्वतन आएर पहिला गरिरहेको काममा रोगको प्रभाव बढदै जाँदा गर्न नसक्ने वा क्षमतामा कमी आउने गर्दछ । यस्तो प्रकारको अवस्थालाई डिमेन्सिया भनिन्छ । डिमेन्सिया धेरै कारणले हुन्छ । त्योमध्ये एकदमै धेरै देखिने भनेको अल्जाइमर रोग हो । जुन धैरेजसो उमेर ढल्कदैं गएपछि देखिन्छ । धेरैजसो अवस्थामा मासिसको उमेर ६० देखि ६५ वर्षको भएपछि यो रोग लाग्ने सम्भावना बढदै जान्छ । केही केसहरुमा विभिन्न कारणले ५० वर्षमुनिका मानिसमा पनि देखिन सक्छन् । ४० वर्षको उमेरमा पनि भएको भन्ने रिपोर्ट सार्वजनिक भएको छ ।

अल्जाइमर मानिसको मष्तिस्कमा भएको स्नायु नसा सुक्दै गएर हुने रोग हो । यो रोग लागेपछि पूर्ण रुपमा निको हुँदैन्, बरु बढदै जान्छ । हालसम्म औषधी खाएर यो रोग निको भएको छैन । तर, औषधी खाएर यो रोग बढ्ने दरलाई भने केही नियन्त्रण गर्न सकिन्छ ।

डिमेन्सिया एक प्रकारको रोगको अवस्था हो । यसमा रोगको लक्षणको मात्र कुरा आउँदैन् । डिमेन्सिया र अल्जाइमर डिमेन्सिया दुवैकोे लक्षण बिर्सदै जाने, पहिलाको कुरा सम्झने क्षमतामा कमी आउँदै जानेलगायतका सबै रोगको लक्षण हो । के कारणले डिमेन्सिया भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । दिमागको स्नायु नसाहरु सुक्नु डिमेन्सिया नै हो ।

यो रोगजस्तो व्याक्तिलाई पनि लाग्न सक्छ । उमेरको हिसाबले भन्ने हो भने बुढेसकाल लागेका मानिसलाई अल्जाइमर रोगले डिमेन्सिया हुने सम्भावना बढी रहन्छ । महिला र पुरुषबीच तुलना गर्ने हो भने महिलामा यो रोग बढी हुने अध्ययनले देखाएको छ । बच्चा एवं युवा अवस्थादेखि नै दिमाग क्रियाशील भएका मानिसमा यो रोग लाग्ने सम्भावना कम हुन्छ । त्यसैगरी, सामाजिक क्रियाकलापमा क्रियाशील रहने मानिसलाई पनि यो रोग लाग्ने सम्भावना कम हुन्छ ।

यो रोग लाग्न नदिने उपायको विकास भएको छैन । तर, निश्चित रुपमा केही उपायले यसलाई नियन्त्रण गर्न सकिन्छ भनिएको छ । नियन्त्रण गर्ने उपायमा २÷३ वटा महत्वपूर्ण कुरा पर्दछन् ।

पहिलो, मानिस मानसिक रुपमा सधै क्रियाशील रहनुपर्छ । अर्थात, केही काम नगरी दिमागलाई मन्द बनाएर बस्नु हुँदैन् । दोस्रो, भनेको मानिस सामाजिक प्राणी भएकाले समाजसँग आफू धेरैभन्दा धेरै घुलमिल हुनुपर्छ । दिमाग क्रियाशील बनाउन दिमागी खेल जस्तैः चेसलगायतका प्रत्यक्ष दिमाग क्रियाशील बनाउने खेलमा सहभागिता जनाउनुपर्छ । तेस्रो, मुटु रोग तथा डाइबेटिज (सुगर)लाई नियन्त्रण गर्न स्वास्थ्य परीक्षण तथा स्वास्थ्यवद्र्धक खाने कुरा खानु पर्छ । खानामा पोषिलो खाने कुरा बढाउनु पर्छ । सागपात, फलफुल खाने बानी गर्नुपर्छ । यस्ता विषयमा ध्यान दिन सक्यौ भने यो रोग लाग्ने सम्भावना कम हुन्छ । तर, रोग लाग्दै÷लाग्दैन भन्ने चाहिँ हुँदैन् ।

अल्जाइमर रोगको लक्षणमा सुरु—सुरुमा बिर्सने लक्षणबाट सुरु हुन्छ । पछि—पछि गएर बिरामीले उसैलाई पनि नचिन्ने, शंकालु स्वभाव देखाउनेलगायतका लक्षणहरु देखापर्छ । अल्जाइमर रोग लागेका मानिसले मानसिक रोगको लक्षण देखाए भने चाहिँ अल्जाइमर र मानसिक रोगलाई छुट्टाएर भन्न सकिदैन् ।

यसको महत्वपूर्ण लक्षण भनेको बिर्सने हो । तत्कालका सामान्य घटनाको सम्झना नहुने हुन्छ । यस्तो रोग लागेका मानिसले खाना आएरको केही क्षणमा त्यो घटना बिर्सने हुन्छन् । नयाँ—नयाँ विषयवस्तु र घटनाको सम्झना नहुने लक्षण यो रोगका प्ररम्भिक लक्षणहरु हुन । रोगको प्रभाव बढदै गए पुराना सबै कुरा बिर्सदैं जाने हुन्छ । रोग लागेपछि बिरामीले उसको व्यक्तित्वमा परिवर्तन हुन्छ ।

नेपालमा कति मानिस यो रोगको प्रभावमा छन् भन्ने आधिकारिक तथ्यांकमा नै छैन । नेपालमा यो रोगप्रति आममानिसको चासो र चेतना भने दिनदिनै बढदै गइरहेको छ । अल्पविकसित देशमा यसको समस्या उच्च छ ।

यो रोगको उपचारभन्दा पनि रोग लागेको मानिसको केयर अर्थात हेरचाह गर्ने काम महत्वपूर्ण हो । हालसम्म पनि धैरै लगानी गरेर यो रोगको उपचार विधी र औषधीको खोजी भइरहेको छ । यो नै औषधीले रोग निको हुन्छ भनेर अल्जाइमर रोगको औषधी विकास भएको छैन ।

हामीसँग भएको औषधी भनेको बिरामीको रोग जुनस्तरमा छ त्यो भन्दा रोग बढन अलि कम गर्ने मात्र हो । अरु रोग नै निको पार्ने ओषधी भने छैन । हाल भएको औषधीले रोग जुन गतिमा बढेको हो त्यो गतिमा बढन नदिइ केही नियन्त्रण गर्ने मात्र हो । व्यक्तिको स्वभावमा आएको परिवर्तनलाई हेरेर पनि यसको उपचार गर्न सकिन्छ । यो रोगको उपचारको उत्तम उपाय भनेको रोगीको केयर वा नजिक बसेर हेरचाह गर्नु मुख्य कुरा हो । यस्ता बिरामीको हेरचाहमा परिवारका एकजना सदस्य नै आवश्यक पर्ने भएकाले घरमा वा अन्य केयर हाउसमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

सामान्य लक्षण

  • बारम्बार बिर्सनु ।
  • दैनिक क्रियाकलाप सम्पन्न गर्नमा बाधा उत्पन्न हुनु ।
  • प्रश्नहरु दोहोरिरहनु ।
  • मनस्थिति र व्यक्तित्वमा ह्रास आउनु ।
  • स्मरणशक्ति कमजोर हुनु, वा ह्रास आउनु ।
  • दोधारमा परिरहनु ।
  • आफ्नो परिवार वा साथीभाइलाई समेत चिन्न गाह्रो हुनु ।
  • कुनै करा सिक्न, पढ्न, लेख्नमा कठिनाइ हुनु ।
  • दैनिक क्रियाकलाप गर्नमा समस्या हुनु ।
  • बोलीमा रोकावट आउनु, शब्दहरु उच्चारण गर्न नसक्नु वा कुराकानी गर्न नसक्नु ।
  • चेतावनीमुलक संकेत स्मरणशक्तिमा परिवर्तन समस्या सुल्झाउन नसक्नु ।
  • सामान्य काम पनि गर्न गाह्रो हुनु या नसक्नु ।
  • बारम्बार दोधारमा परिरहनु लेख्न र बोल्नमा समस्या आउनु निर्णय क्षमतामा कम आउनु ।
  • सामाजिक गतिविधिबाट टाढा भाग्न मन पराउनु ।
  • रोग बढ्दैं जाने क्रममा खाना–खाना चपाउन र निल्नमा पनि क्रमिक रुपमा समस्या आउनु ।
  • सर्केर हुने न्युमोनिया (एस्पिरेसन न्युमोनिया)बाट बिरामी बारम्बार पीडित भइरहने
  • तौल घट्दै जाने ।
  • दिसा/पिसाबमा नियन्त्रण हराउँदैं जाने ।

बिरामीलाई यस्ता ब्यवहार गर्नु जरुरी

  • बिरामीप्रति लचिलो, सहनशील र नम्र व्यवहारमा प्रस्तुत हुने ।
  • बिरामीको मनोभावनाप्रति सही तरिकाले कदर गर्ने ।
  • बिरामीसँग वादविवाद नगर्ने ।
  • बिरामीको चासोमा उचित प्रतिक्रिया दिने ।
  • बिरामीको व्यवहारलाई व्यक्तिगत रुपमा नलिने ।
  • उनीहरुलाई एक्लोपन हुन नदिने ।
  • समय समयमा चिकित्सककहा पु¥याउने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)