२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययुरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ?

युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ?


मुत्र मार्गको संक्रमणलाई अंग्रेजीमा ‘युरीनरी ट्रयाक इन्फेक्सन (युटीआई) भनेर चिनिन्छ । यो रोगले मुत्र मार्गका विभिन्न भागमा असर पु¥याउँछ । मिर्गौलादेखि पिसाब थैली हुँदैं लिङ्गको नलीसम्मको इन्फेक्सनलाई ‘युरीनरी ट्रयाक इन्फेक्सन’ भनिन्छ ।

विशेष गरी सेक्सुअल्ली एक्टीभ ५६ वर्षसम्मका महिला पुरुषमा यो कमन हुने गर्छ । पुरुषहरुभन्दा महिलाहरुमा यो इन्फेक्सन बढी हुनुको कारण महिलाको पिसाब गर्ने ठाउँको र दिसा गर्ने ठाउँको दूरी छोटो हुने हुँदा त्यहीबाट संक्रमण हुने हुन्छ ।

युरिन इन्फेक्सनका लक्षणहरु ? 

  • बिरामीलाई मन्द गरी ढाड दुख्ने
  • ज्वरो धेरै आउने
  • पिसाब थैलीको इन्फेक्सन हुँदा छिन—छिनमा पिसाब लाग्ने
  • पिसाब गर्दा दुख्ने
  • पाठेघरको तल दुख्ने
  • पिसाब पोल्ने
  • पिसाब सफा नभए जस्तो हुने

विस्तारै त्यही इन्फेक्सन बेवास्ता गर्‍यौं भने कीटाणु संक्रमणमाथि सर्दै गर्दा मिर्गौलामा पनि जस्ता लक्षणहरु हुन देखिन्छन् । अत्याधिक ज्वरो कहिलेकाहीँ अरु कारणले पनि आएको हुन सक्छ । तर, युरिन ट्रयाक इन्फेक्सन भएमा पनि यो लक्षण देखिने गर्छ ।

यो सिजनल हो कि होइन् ?

यसलाई सिजनल त भन्न मिल्दैन् । तर, यो रोग सिजनसँग पनि कहीँकतै जोडिएको भने छ । किनभने, जाडो महिनामा मानिसहरुले नुहाउने कम गर्नाले योनी सफाइमा कमी र त्यसमाथि सेक्सुअल्ली एक्टीभहरुलाई यो सिजनमा संक्रमण हुन सक्ने मात्रा बढी हुन्छ ।

कुन उमेर समूहलाई समस्या बढी हुन्छ ?

यो इन्फेक्सन जुनसुकै उमेर समूहकालाई पनि हुन सक्छ । यो इन्फेक्सन ५ वर्ष भन्दामुनिका बच्चालाई पनि हुन सक्छ । ६ वर्षदेखि १२ वर्ष सम्मकालाई केटामा थोरै कम र केटीमा थोरै बढी हुने गर्छ । सानो बच्चाहरूमा दिशा सफा गर्दा पछाडि भागतिर जानुपर्ने ठाउँमा अगाडि योनीतिर गयो भने त्यही किटाणु संक्रमण हुन्छ । दिशामा हुने नर्मल किटाणु पिसाब गर्ने ठाउँतिर गयो भने यो संक्रमण हुन्छ ।

प्रायः ‘इकोलाई’ भन्ने किटाणु हुन्छ, जुन नर्मल दिसामा हुने किटाणु हो । त्यही किटाणु पिसाब नलीमा संक्रमण भयो भने ‘युरीन ट्रयाक इन्फेक्सन’ हुन्छ । त्यसैले यो साना बालबालिकालाई पनि हुनसक्छ । महिलामा यो धेरै हुनुको कारण युरेथ्रा सानो, दिसा र पिसाब गर्ने ठाउँको दुरी छोटो भएको हुनाले संक्रमण हुने मात्रा महिलामा बढी रहन्छ । पुरुषहरूमा यो इन्फेक्सन हुनको कारण यदि कुनै पुरुष सेक्सुअल्ली एक्टीभ छ । योनीमा भएको किटाणु नै पिसाव गर्ने माध्यम वीर्य भर्ने माध्यमबाट किटाणु संक्रमण भएर माथि सरेर इन्फेक्सन हुन सक्छ ।

युरिन इन्फेक्सन हुँदा के हुन्छ ?

विश्वव्यापी हेर्दाखेरि मानिसको जीवनमा ५० देखि ६० प्रतिशत मानिसहरुमा युरिन ट्रयाक इन्फेक्सन भएको हुन्छ । यसलाई बेवास्ता गर्‍यो भने मिर्गौलामा पिपहरु जम्ने र विस्तारै मिर्गौला खराब हुने गर्छ । र बिरामी सेपसिसमा जाने गर्छ, यसलाई ‘युरो सेपसिस’ भन्ने गरिन्छ । जब मानिसलाई ‘युरो सेप्रेसन’ हुन्छ, मानिसहरु मर्ने सम्भावना ६० देखि ८० प्रतिशत रहन्छ ।

युरिन इन्फेक्सनबाट कसरी बच्न सकिन्छ ?

यसबाट बच्नका लागि हामीले आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ । विशेष गरी सेक्सुअल्ली एक्टीभ महिलाहरुले यौन सम्पर्क गर्नुभन्दा पहिले र यौन सम्पर्क गरिसकेपछि आफनो अंग सफा राख्नुपर्छ । यतिमात्रै गर्दा पनि इन्फेक्सन धेरै नै कन्ट्रोल हुन्छ ।

बच्चाहरुलाई यसबाट बचाउन डाइपर सधैँ लगाइ राख्नु एकदमै खतरा हो । घरमा बस्दा सधै बच्चाई डाइपर लगाइ राख्नु हुँदैन् । टाढाको यात्रा छ भने यात्रामा जाँदा लगाउने र चाँडै चेन्ज गर्नु राम्रो हुन्छ । बच्चाले डाइपरमै दिसा पिसाब गर्ने हुँदा त्यहीबाट इन्फेक्सन हुने सम्भावना बढ्छ ।

युरिन इन्फेक्स हुँदा के गर्ने ?

युरिन इन्फेक्स भइहालेमा आफ्नो नजिकको युरोलोजिस्टको कहाँ गएर सल्लाहमा लिनुपर्छ । अस्पतालमा यसको उपचार गर्न, किटाणु पहिचान गरी किटाणु मार्ने र एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ