२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा मेथीको सागको सेवन : स्वास्थ्यका लागि फाइदै फाइदा

जाडोमा मेथीको सागको सेवन : स्वास्थ्यका लागि फाइदै फाइदा


नेपाली भान्सामा प्रयोग गरिने धेरै मसला र तरकारीहरू औषधीको रूपमा प्रयोग गरिन्छ । जाडो मौसममा रोग लाग्नबाट बच्नको लागि भान्साका धेरै खानेकुरा राम्रा उपाय मानिन्छन् । मेथीको दाना पनि यी औषधीय गुण भएका खाद्य वस्तुहरूमा समावेश हुन्छ ।

जाडोमा मेथी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मेथीको दाना बाहेक मेथीको साग पनि स्वस्थकर हुन्छ ।

यो मौसममा बजारमा पालक, तोरी र मेथीको तरकारी आउँछ । यस्तो अवस्थामा यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । केही अध्ययनका अनुसार मेथीको पात मधुमेह नियन्त्रणमा प्रभावकारी हुन्छ । यस बाहेक मेथी तरकारी खानुका धेरै फाइदाहरू छन् ।

जाडोमा मेथी खानुका स्वास्थ्य लाभ र मेथीमा पाइने पौष्टिक तत्त्वहरू जानौँ

मेथीको पातमा पाइने पौष्टिक तत्त्व 

मेथीमा प्रोटिन, कुल लिपिड, ऊर्जा, फाइबर, क्याल्सियम, आइरन, फस्फोरस, पोटासियम, जिङ्क, म्यांगनीज, भिटामिन सी, भिटामिन बी, सोडियम, कार्बोहाइड्रेट आदि पाइन्छ ।

मेथीको साग खानुका फाइदाहरू

मधुमेह भएकाको लागि फाइदाजनक
अध्ययनका अनुसार मेथीमा पाइने यौगिकहरूमा मधुमेह प्रतिरोधी गुण हुन्छ । मेथीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । मधुमेह नियन्त्रणका लागि आहारमा मेथीको साग समावेश गर्नुहोस् ।

वजन घटाउन 
मेथीको सेवनले बढी खाने इच्छा कम हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ । २०१६ को एक अध्ययनमा, कोरियाली महिलाहरूको एक समूहलाई दिउँसोको खाना अघि मेथीको पानी र अर्को समूहलाई मेथीको पानी दिइएको थियो । फलस्वरूप, मेथीको पानी पिउने महिलाहरूले पेट भरिएको महसुस गर्दै वजनमा कमीको अनुभव गरे।

प्रजनन स्वास्थ्यको लागी 
मेथीले टेस्टोस्टेरोन र शुक्राणुको स्तर बढाउन मद्दत गर्छ । २०१७ को एक अध्ययन अनुसार, ५० पुरुषहरूलाई तीन महिनाको लागि मेथीको रस खुवाइएको थियो । करिब ८५ प्रतिशत पुरुषको शुक्राणुको सङ्ख्या त्यसको सेवनपछि बढेको अनुसन्धानले देखाएको छ  । मेथीले मानसिक सतर्कता, मुड र कामवासना सुधार गर्न सक्छ ।

मुटुको लागि
मेथी कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न र रक्तचाप सुधार गर्न प्रभावकारी छ । मेथीको सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्छ । मेथीले खराब कोलेस्ट्रोलको स्तर घटाउन र मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ