२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता

सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता


निद्रा नपुग्दा हाम्रो शरीर सुस्त रहन्छ, जसका कारण बुढ्यौली पनि चाँडै आउँछ । यदि तपाई सधैँ जोसिलो देखिन चाहनुहुन्छ  भने, निद्रामा सम्झौता नगर्नुहोस् ।

स्टक होम युनिभर्सिटीका विज्ञहरूले एक अनुसन्धानमा पर्याप्त निन्द्रा नलिने व्यक्तिहरू पर्याप्त निद्रा लिनेहरूको तुलनामा कम आकर्षक, कम स्वस्थ र दुखी देखिन्छन् भन्ने कुरा पत्ता लगाएका छन् ।

यदि तपाई जवान, आकर्षक र स्वस्थ देखिन चाहनुहुन्छ भने सही सुत्ने तरिका अपनाउनुहोस् र पर्याप्त निन्द्रा लिनुहोस् । अनुसन्धानकर्ता डा. मिडोजका अनुसार कम्तीमा ६ घण्टा र बढीमा आठ घण्टा सुत्नु स्वास्थ्यका लागि आवश्यक छ ।

सुन्दरता कायम राख्न चाहनुहुन्छ भने यसरी सुत्नुहोस्
सिधै ओछ्यानमा अर्थात् पिठ्युँमा सुत्दा हाम्रो सौन्दर्य बढ्छ भन्ने अनुसन्धानकर्ताहरूको विश्वास छ । कोल्टे सुत्दा हाम्रो अनुहारमा दबाब पर्छ, जसका कारण कोलाजेन बिग्रन्छ र अनुहारमा पातलो रेखाहरू देखिन थाल्छ ।

सुत्ने यो तरिका हाम्रो सौन्दर्य बढाउन प्रभावकारी हुन्छ । स्मार्टफोन र ल्यापटपले हाम्रो निद्रामा गहिरो प्रभाव पार्छ । डा. मीडोज भन्छन् कि यी उपकरणहरूले निद्रामा हस्तक्षेप गर्दछ ।

निद्रा नपुग्दै उठ्नु खतरनाक हुन्छ
सुत्ने समयलाई सुनौलो घण्टा भनिन्छ । यसमा अवरोधका कारण शरीरमा राम्रो प्रभाव पार्ने हर्मोनको उत्पादन र स्रावमा बाधा पुग्छ । सुत्ने कोठा वा ओछ्यान अस्तव्यस्त छ भने कोर्टिसोल हर्मोनले उल्टो असर गर्छ ।

यस हर्मोनका कारण छालाको लचिलोपना कायम राख्ने र चाउरीपना हटाउने प्रोटिन कोलाजेन प्रभावित हुन्छ । सुत्ने ठाउँ सफा र व्यवस्थित हुनुपर्छ । कोठामा नरम, सुखदायक सङ्गीत बजाउनु उपयुक्त हुन्छ ।

त्यस्तै सुत्नुभन्दा केही घण्टा अघि बत्ती निभाउनुले पनि आँखालाई आराम दिने अनुसन्धानले जनाएको छ ।

सुत्नुअघि यी चिजको प्रयोग नगर्नुहोस्

पर्याप्त निद्रा नपुग्दा शरीरमा पनि असर पर्छ, जसले धेरै समस्या निम्त्याउन सक्छ  । पर्याप्त निद्रा नपुग्दा अनुहारको चमक गुमाउनु, अनुहारमा चाउरी पर्नु, कपाल फुल्नु, आँखामा तनाव हुनु, रक्तचापको समस्या हुनु, मुटु सम्बन्धी रोग लाग्नु, आँखा मुनि कालो दाग हुनु, कार्यक्षमता गुम्ने, पाचन प्रणालीमा गडबड हुने जस्ता समस्या हुन सक्छ ।

पर्याप्त निन्द्रा नहुँदा मोटोपना, डिमेन्सियाजस्ता समस्या पनि निम्तन सक्छ । रक्सी, चुरोट, चिया, कफी वा भारी खानेकुरा लाई पनि आफ्नो जिीवन शैलिबाट टाढा राख्दा स्वास्थ्यमा पर्ने असर कम गर्न सकिन्छ ।
अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ