२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ?

के गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ?


कपाललाई धेरै स्याहार चाहिन्छ नत्र कपाल झर्छ, बिग्रिन्छ, ड्राई हुन्छ र चाँडै सेतो हुन्छ लगायतका धेरै कुराहरु हामी सुन्ने गर्छौ । कपाल छोटो छ भने कपाल ठूलो बनाउने, कपाल ड्राई छ भने नरम बनाउन र कपाल सेतो छ भने कालो बनाउनेजस्ता बजारमा थुप्रै कस्मेटिक प्रडक्टहरु बिक्री भैरहेको पाइन्छ । जसलाई धेरैले प्रयोग गरिरहेका हुन्छन् ।

कपालमा प्रयोग गरिरहेका यी केमिकल प्रोडक्टले हाम्रो कपाललाई साँच्चिकै सुरक्षा दिइरहेको हुन्छ त ? यो पूर्णतयाः सत्य होइन् । कपाललाई स्वस्थ राख्न यसलाई आवश्यक पर्ने पोषणतत्व शरीरभित्रबाट पुग्न जरुरी हुन्छ । बाहिरी सजावटले मात्रै कपाल सधैँ स्वस्थ रहन सक्दैन् । कपाललाई भित्रैबाट स्वस्थ राख्न प्रोटिन भएको खानेकुराहरु बढी खानुपर्छ । भिटामिनहरु खाने गर्नुपर्छ, जसले प्रोटिनको काम गर्छ ।

क्याराटीन भनेर आजभोलि बजारमा पाइने विभिन्न क्रिमहरूको प्रयोग भइरहेको पाइन्छन् । ती प्रडक्ट आर्टिफेसियल म्यानिफ्याक्चरिङ गरिएका प्रडक्ट हुन् । जुन हाम्रो कपालका लागि निकै हानिकारक छन् ।

त्यसैले सकभर यस्ता केमिकलहरुको प्रयोग नगर्दा राम्रो हुन्छ । खानेकुरामा पनि ध्यान दियौं भने हाम्रो कपाललाई चाहिने तत्व शरीर भित्रबाटै प्राप्त हुन्छ । कपाल बाहिरबाट लगाउने कुराले कपाललाई राम्रो देखाउनुभन्दा भित्रैबाट स्वस्थ राखे मात्रै हाम्रो कपाल राम्रो, स्वस्थ दीर्घ हुन्छ ।

कपाल कति दिनमा धुने ?
कपाललाई यति नै दिनमा दिनमा धुनुपर्छ भन्ने हुँदैन् । कपाल ओइली छ भने दैनिक धुँदा पनि फरक पर्दैन् । तर, कपाल ड्राई छ भने हप्तामा एक वा दुई पटक धुँदा हुन्छ । धुलोमा गइरहने मान्छेले कपाल धुनुपर्छ किनभने फोहोरले गर्दा छालामा अरु समस्या आउन सक्छ । यदि कपाल ओइली छैन, आफूलाई सजिलो भैरहेको छ, फोहोर छैन भने हप्तामा दुई तीन पटक धुँदा हुन्छ ।

हाम्रो कपाल हेयर फोलिकलले बनेको हुन्छ । हेयर फोलिकल र सेबासिएम गलान्ड एउटै ठाउँमा मिसिएर बसेको हुन्छ, जसले सिवम बनाउँछ । सिवमले कपाललाई चिल्लो बनाउने काम गर्छ । सेवासिएमले प्राकृतिक तरिकाले हाम्रो कपाललाई मोइस्चराइजर गर्छ, नरम गराई साइनिङ देखाउन सहयोग गर्छ । त्यसैले कपाल धेरै धुने ग¥यौं, कपाल ड्राई हुन थाल्छ र साइनिङ पनि हराउँदै जान्छ साथै कपाल सुख्खा हुदै गएपछि अरु समस्याहरु थपिदैं जाने हुन सक्छ ।

कपाललाई कसरी सुरक्षा गर्ने

  • कपालमा केमिकलहरु प्रयोग नगर्ने
  • कपाललाई झट्काएर नपुछ्ने
  • हेयरड्रायरहरु सकभर प्रयोग नगर्ने गर्नै परे कम हिट प्रयोग गर्ने
  • हेयर कलरिङ प्रयोग नगर्ने
  • कपालमा चाया छ भने हप्तामा दुई पटक एन्टीडन्ड्रर्फको प्रयोग गर्ने । त्यसले पनि भएन भने डर्माटोलोजिस्टको सल्लाहमा जाने ।

कपालमा तेलले के काम गर्छ ?

प्रायः सबैले कपाल ठूलो र घना बनाउन विभिन्न तेलहरूको प्रयोग गरिरहेका हुन्छन् । तर, खासमा भन्ने हो भने कपाल र तेलबीच कुनै त्यस्तो सम्बन्ध भने छैन । किनभने हाम्रो कपाललाई चाहिने पोषण तत्वहरु हाम्रो शरीरबाट नै गइरहेको हुन्छ ।

तेलहरूले त बाहिरी रुप केही राम्रो देखाउने गर्छ । बजारमा कपाल बढाउने, घना बनाउने विभिन्न तेलहरू बिक्री भैरहेका हुन्छन् । तेलले कपाललाई साइनिङ दिनलाई केही भूमिका खेल्छ । तर, कपाललाई बाक्लो र लामो बनाउन त्यसको खासै भूमिका भने हुँदैन् । चाया भएको कपालमा त झनै तेलको प्रयोग गर्नु हुँदैन । त्यो बेला सिबम उत्पादन धेरै भैरहेको हुन्छ । कपाल ड्राई छ भने तेलको प्रयोग गर्दा राम्रो हुन्छ ।

प्रस्तुती : भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ