२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपाठेघर किन खस्छ ? पाठेघर खस्यो भने के गर्ने ?

पाठेघर किन खस्छ ? पाठेघर खस्यो भने के गर्ने ?


महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो । महिलाको शरीरको पेटको तल्लो भागमा रहेको थैली आकारको प्रजनन अंग हो ।

पाठेघरबाट रक्तश्राव र बच्चा हुर्किने ठाउँ हो । पाठेघरलाई वरिपरीका मांसपेशी र तन्तुले आफ्नो ठाउँमा अठ्याई राखेको हुन्छ । पाठेघरलाई थामेर राख्ने मांसपेशी र तन्तुहरू कुनै कारणले गर्दा कमजोर भएमा पाठेघर खस्ने गर्छ ।

यो समस्या उमेर बढेपछि देखिने समस्या पनि हो । उमेर बढ्दै गएपछि पाठेघरको मासंपेशीहरु कमजोर भएमा पाठेघर खस्ने गर्छ । पाठेघर खस्नु भनेको पाठेघर आफ्नो स्थानबाट खसेर योनीमा बस्नुलाई पाठेघर खस्नु वा आङ खस्नु भनिन्छ ।

पाठेघर खस्नुका कारणहरु

  • सुत्केरी भएको ६ हप्ताभित्र गह्रुगो कामहरु गरेमा ।
  • धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु ।
  • धेरै बच्चा पाएमा ।
  • लामो समयसम्म खोकी लागेमा ।
  • प्रसव अवस्था नहुँदै बढी बल गरेमा ।
  • कम उमेरमै (प्रजनन अंग पूर्ण रुपले विकसित नभई अवस्था) बच्चा जन्माएमा ।
  • असुरक्षित गर्भपात गराएमा ।
  • सुत्केरी आमालाई पोषणको अभाव भएमा ।

पाठेघर खस्नु पूर्व देखिन्छन् यस्ता लक्षण

  • ढाड दुख्ने समस्या देखिनु ।
  • योनीबाट केही वस्तु निस्केको जस्तो महसुस हुनु ।
  • पटक—पटक पिसाब लागेमा ।
  • यौनांग दुख्ने ।
  • यौनाङमा घाउहरू देखिने र यौनीबाट गन्हाउने पानी आएमा ।
  • अत्याधिक पेट दुःखेमा ।

पाठेघर झर्ने समस्याको रोकथाम कसरी गरिन्छ ?

  • सकेसम्म सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने ।
  • छिटो—छिटो बच्चा नपाउने । कम्तिमा ३ वर्षको फरकमा बच्चा जन्माउने ।
  • सुत्केरीपछि कम्तीमा ६ हप्तासम्म भारी उचाल्ने काम नगर्ने ।
  • सकेसम्म ६ महिनासम्म आराम गर्ने ।
  • कम उमेरमा (प्रजनन अंग पूर्ण विकसित नभई गर्भधारण नगर्ने) बच्चा नपाउने ।
  • पाठेघर झरेको शंका लाग्नासाथ चिकित्सकको सल्लाह लिने ।

पाठेघर खस्ने समस्याको उपचार कसरी गरिन्छ ?

पाठेघर खसेका महिलाहरुको उपचार बिरामीको अवस्था हेरेर गरिन्छ । यसका ४ वटा चरणहरू हुन्छन् पहिलो चरण सुरुको अवस्थमा जस्तै ढाड दुख्ने समस्या मात्रै भएको छ भने त्यो बेला पेलिभिक फ्रोरमसलस एक्सरसाइज गराइन्छ ।

त्यो एक्सरसाइजबाट पाठेघरलाई माथि तान्ने काम गरिन्छ । दोस्रो र तेस्रो चरणमा रिङ राख्ने गरिन्छ । रिङ हेस्थ पोष्टहरुमा पनि राखिन्छ । चौथो अवस्थामा पाठेघरलाई निकाल्नु नै पर्ने हुन्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ