२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यआँखाको सुख्खापनको समस्याबाट कसरी बच्नेः डा. किशोरराज प्रधानको सल्लाह

आँखाको सुख्खापनको समस्याबाट कसरी बच्नेः डा. किशोरराज प्रधानको सल्लाह


सुख्खा आँखा भन्नाले आँखाको लुब्रिकेट (आँखाको सतह)लाई न्योरिश गर्ने आँशुको कमी भएको भन्ने बुझिन्छ । आँशुलाई आँखाको सतह सफा गर्नको निम्ति अत्यावश्यक मानिन्छ । तसर्थ यसको कमी भएमा आँखा सुख्खा हुन पुग्छ ।

सुख्खा वा ड्राई आइज विशेषगरी बढी उमेर गएका व्यक्तिहरुमा क्रोनिक डिजिजको रुपमा देखा पर्छ । आँखाको झिम्किने क्रममा आँखाको अघिल्लो सतह हुँदै सम्पूर्ण आँखामा आँशु फैलन्छ । सुख्खापनका कारण आँखाले आँशु उत्पादन गर्दैन । अर्थात्, आँशु उत्पादन गरेता पनि यसले राम्रो आँशुको उत्पादन गर्दैन । जुन आँखाको निम्ति आवश्यक र उचित मानिदैन् ।

आँखाको समस्याअन्तर्गत ‘ड्राई आइज’ प्रायजसो व्यक्तिमा देखिने साझा तथा गम्भीर समस्या हो । यसले व्यक्तिमा असहज परिस्थितिको सिर्जना गर्नुका साथसाथै व्यक्तिमा आँखा पोल्ने वा बिझाउने समस्या देखा पर्छ । आँखामा ड्राइनेश देखा पर्नु पछाडि कुनै एक मात्र कारण नभई यसका अन्य थुप्रै कारणहरु हुन सक्छन् । तर, यसका कारणहरुलाई विशेषगरी लोकल कजेज र सिस्टोमेटिक कजेज भनेर छुट्याइएको छ ।

लोकल कजेज अन्तर्गत विशेषगरी परेलाको जरा सुन्निनु, कम आँशुको उत्पादन हुनु, ग्ल्यान्ड सतहकोे अनियमितता र आँशुको गुणस्तरमा भएको गडबडी आदि पर्छन् भने सिस्टेमेटिक कजेज अन्र्तगत ‘अटो इम्युनिटी डिजिज’हरु रहेका हुन्छन् ।

रोकथाम तथा बच्ने उपाय

  • मेकअप कम गर्ने
  • आँखा नमाड्ने
  • शरीरको समय–समयमा परीक्षण गराउने
  • पानी तथा ग्रीन–टी प्रशस्त मात्रामा पिउने

उपचारमा के गर्छन् त चिकित्सकले?

ड्राई आइजको उपचार गर्ने क्रममा हामीले सर्वप्रथम यो समस्या व्यक्तिमा लोकल वा सिस्टोमेटिक कजका के कारणले देखा परेको भन्ने कुरा पत्ता लगाउनु पर्छ । सोही अनुसार डाक्टरलाई भेट्नुपर्ने हुन्छ ।

ड्राइनेश उपचारको सन्दर्भमा हामीले लुब्रिकेन्टहरु चलाउँछौ । कतिपय अवस्थामा बनेको आँशु खेर नजाओस् भनेर अझ आँखाको डिलमा भएको प्वाललाई पनि बन्द गर्नुपर्ने हुन्छ । यस्तै व्यक्तिको अवस्था हेरेर इभ्यापोरेट नहोस् भन्नका लागि व्यक्तिलाई स्विमिङ्गमा लगाउने खालको चश्मा प्रयोगको निम्ति पनि सल्लाह दिने गर्छाै ।

सौन्दर्यका लागि प्रयोग गरिने सामाग्रीबाट पनि आँखाको सुख्खापन बढ्ने भएकोले हामी सकेसम्म त्यस्ता रसायनयुक्त सामाग्रीको प्रयोग नगर्न वा कम प्रयोग गर्न सल्लाह दिन्छौ । यस्तै आँखाको सुख्खापन हटाउनकै कारण आईड्रप प्रयोग गर्न सल्लाह दिन्छौं ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ