२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ: डिम्ब र शुक्रकीट स्टोर किन र कसरी गरिन्छ ?

प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ: डिम्ब र शुक्रकीट स्टोर किन र कसरी गरिन्छ ?


काठमाडौं—महिलाको डिम्ब (अण्डा) र पुरुषको शुक्रकीटलाई सुरक्षित तरिकाले स्टोर गरेर राख्ने प्रक्रियालाई ‘फर्टिलिटी प्रिजरवेसन’ हो । यो सन्तान उत्पादनको योजना ढिलो गर्न चाहने महिला वा पुरुषले गर्न सक्छन् ।

यसबाहेक शरीरका विभिन्न भागको क्यान्सरको केमोथेरापी लिइरहेका महिलाहरुले फर्टिलिटी प्रिजरवेसन गर्न सक्छन् । पुरुषको सन्दर्भमा यही नै अवस्थामा शुक्रकीट भण्डारण गरेर राख्ने भन्ने छैन ।

तर, ४० वर्ष कटेपछि पुरुषहरुमा पनि शुक्रकीटको कमी, त्यसको मात्रा र क्वालिटीमा कमी हुने भएकाले त्यो उमेर अगाडि बच्चाको योजना बनाउनुभएको छैन भने शुक्रकीट स्टोर गरेर राख्न सकिन्छ ।

यसबाहेक श्रीमती प्रजनन सम्बन्धि उपचार गरिरहेको अवस्था पनि आईभीएफ गर्नेलगायतका प्रक्रियाका लागि पनि पुरुषहरुले शुक्रकीट स्टोर गर्न सक्छन् । पुरुषहरुमा पनि कतिले क्यान्सर उपचारका क्रममा केमोथेरापी लिनुपर्ने अवस्थामा त्यसअघि नै शुक्रकीट स्टोर गरेर राख्न सकिन्छ ।

कसरी गरिन्छ स्टोर ?

डिम्ब स्टोर गर्नलाई महिलाहरुलाई महिनावारी भएको दोस्रो दिनबाट इजेक्सनहरु र औषधिबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । यसलाई ओभरियन स्टीमूलेसन भनिन्छ । यो प्रक्रिया सुरु गरेको १०—१२ दिनमा बीच—बीचमा अल्ट्रासाउण्डको सहायताले डिम्ब कसरी विकास भइरहेको छ भनेर हेर्छौ ।

जब डिम्ब म्यच्योर हुन्छ त्यसपछि एउटा सानो शल्यक्रियाको माध्यमबाट प्रयोगशालामा डिम्बलाई अण्डकोषबाट बाहिर निकालिन्छ । र विभिन्न मिडिया (केमिकल्स)हरु त्यसबाट स्टोर गरेपछि नाइट्रोअक्साइडमा फ्रीज गरेर राख्न सक्छौं ।

पुरुषहरुको सन्दर्भमा उहाँहरुले प्राकृतिक रुपमा नै वीर्य निकालेर स्टोर गर्न सकिन्छ ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ