२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिलाहरुमा लुकेको रोग ‘प्रोल्याप्स’ यानेकी आङ खस्ने रोग र रोकथाम

महिलाहरुमा लुकेको रोग ‘प्रोल्याप्स’ यानेकी आङ खस्ने रोग र रोकथाम


प्रोल्याप्स के हो ?

प्रोल्याप्स धेरैजसो महिलाहरुमा हुने आङ खस्ने समस्या हो । महिलाहरुमा पाठेघर, पिसाबको थैली र दिशाको आन्द्रा पनि सँगै खस्ने समस्या देखिन्छ । धेरैजसो महिलाहरुलाई बच्च जन्मिसकेपछि देखिन्छ ।

र, बच्चा जन्मिनुभन्दा पहिला सानै उमेरमा पनि यो समस्या देखिएको छ । नेपालमा यो समस्या जनस्वास्थ्यको समस्याकै रुपमा देखिएको छ । धेरै महिलाहरुमा यो समस्या देखिएकोले सरकारले पनि यसलाई प्राथमितामा राखेको छ ।

तर, प्रभावकारी काम हुन सकेको छैन । यो समस्या दक्षिण एसियामै धेरै महिलाहरुमा देखिएको समस्याको रुपमा रहेको छ ।

नेपालमा प्रोल्याप्सको समस्या कस्तो छ ?

प्रोल्याप्स नेपालमा विकराल समस्याको रुपमा रहेको छ । नेपालको कतिपय जिल्लाहरु जस्तैः सिराहा र सप्तरीमा यो समस्या १५ देखि ४५ वर्षका महिलाहरुमा ४० देखि ५० प्रतिशत आङ खस्ने समस्या छ । यो समस्या छ भनेर सरकारले स्वीकार गरेको छ । तर, यो समस्याको जति समाधान हुनुपर्ने हो । त्यो हुन सकेको छैन ।

प्रोल्याप्सको समस्या हुँदा कस्ता समस्याहरु आउँछन् ?

प्रोल्याप्सको समस्या विशेषगरी ३ किसिमको हुन्छ ।

पिसाबसँग सम्बन्धितः पिसाब नरोकिने, पिसाब लाग्ने, खोक्दा पिसाब चुहिने र केही झरिरहेकोे जस्तो महसुस हुने हुन्छ ।

दिशासँग सम्बन्धितः दिशा रोक्न नसक्ने र कहिलेकाही कपडामै दिशा हुनेजस्ता समस्या हुन्छन् ।

पाठेघर तल झर्ने, रगत बग्ने, अल्सर हुने, अल्सरले पछि क्यान्सरको सम्भावना देखिने, लामो समयसम्म पाठेघर र पिसाब थैली बाहिर रहँदा त्यसले किड्नीमा पनि समस्या देखिने हुन्छ ।

किन यो जटिल समस्याको समयमै उपचार हुँदैन् ?
यो समस्या महिलालाई हुने समस्या हो । यो समस्या हुँदा जनचेतनाको अभावले समस्या लुकाउने गर्छन् । प्रोल्याप्स सम्बन्धि पर्याप्त मात्रामा जनचेतना छैन ।

अहिले आएर सरकारले यसलाई प्राथमिकता दिएको छ । हामीले हाम्रो अस्पतालबाट प्रोल्याप्स सम्बन्धि कार्यक्रमहरु विभिन्न जिल्लामा लैजाँदैंछौं ।

यो रोगका उपचारहरु के के हुन ?
यसको उपचार चार चरणमा र दुई भागमा बाँडेर गरिन्छ । पहिलो र दोस्रो चरण रहनसहन, तेस्रो र चौथो चरणमा शल्यक्रिया हो ।

पहिलो र दोस्रो चरणमाः भारी काम नगर्ने, चुरोट नखाने, मोटोपन हुनबाट जोगिने, धेरै बच्चाहरु नजन्माउने, सानो उमेरमा बच्चा नजन्माउने, बच्चा जन्माउने बेलामा डाक्टरसँग राम्रोसँग चेकजाँच गर्ने र सल्लाह लिने ।

तेस्रो र चौथो चरणमाः यो चरणमा महिलाहरुको योनीमा चुरा लगाइदिन्छन् । अथवा शल्यक्रिया गरिन्छ । साथै रहनसहनको पनि आवश्यकता पर्छ ।

प्रोल्याप्सले असर गर्ने अंगहरु

  • पाठेघर
  • पिसाब थैली
  • सानो आन्द्रा र ठूलो आन्द्रा
  • किड्नी

भारतमा प्रोल्याप्सको लाइभ शल्यक्रिया भयो किन ?

पटनामा यस्तो किसिमको वर्कसप कहिले पनि भएको थिएन् । त्यहाँ पनि यस विषयमा सचेतना र स्वास्थ्यकर्मीमा तालिमको कमी थियो । हामीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दक्षिण एसियाकै सफल कार्यक्रम युरो गाइनोकोलोजीको फेलोसीप कार्यक्रम चलाइराखेका छौं । फिस्टुलाको पनि नेशनल सेन्टर हो ।

पट्नाको विहारमा रहेको इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट मलाई प्रोल्याप्सको शल्यक्रियाको लागि बोलाउनुभयो । प्रोल्याप्स र फिस्टुला शल्यक्रिया लाइभ गर्दा अपरेसन कक्षबाहेक अरु कक्षका सहभागीहरुले पनि त्यसको भिडियोहरु हेर्न सक्छन् भनेर लाइभ शल्यक्रिया गरिएको हो ।

भिडियो हेरेर उताबाट प्रश्न सोधे मैले उत्तर दिएर उनीहरुका विभिन्न जिज्ञासाहरुको मेटाउन सकें । धेरै सहभागीहरु थिए, डेढ सय जति गाइनोकोलोजिष्ट चिकित्सकहरु हुनुहुन्थ्यो । उहाँहरुले पनि सिक्ने र नयाँ—नयाँ प्रविधिबारे जान्ने मौका पाउनुभयो । दुई वटा आङ खस्ने समस्या र दुई वटा फिस्टुलाको लाइभ सर्जरी गरे, सँगै लेक्चर पनि दिए । सहभागीहरु खुसी थिए ।

प्रस्तुतिः श्रृजना थापा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ