२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यछालामा हुने ‘एक्जिमा’ के हो ? यसबाट कसरी बच्न सकिन्छ ?

छालामा हुने ‘एक्जिमा’ के हो ? यसबाट कसरी बच्न सकिन्छ ?


एटोपिक डमेटाइटिस एउटा छालाको रोग हो, जसलाई एक्जिमा पनि भनिन्छ । एक्जिमा छाला सम्बन्धि धेरै मान्छेहरुलाई हुने रोग हो । नेपालमा मात्र होइन्, विदेशमा पनि धेरै कमन रुपमा पाइने छाला रोग हो ।

यो रोग छाला धेरै सुख्खा भएर हुन्छ । शरीरलाई छालाले ढाकेको हुन्छ । शरीरमा छाला यति धेरै बलियो हुन्छ कि छालाबाट माटो, धुलो र ब्याक्टोरियाजस्ता कुनै पनि कुरा शरीरभित्र प्रवेश गर्न सक्दैनन् ।

जब छालाको स्वास्थ्यलाई ध्यान दिइदैन्, बेवास्ता गरिन्छ, तब छाला धेरै सुख्खा हुन थाल्छ । छालाको धेरै सुख्खापन नै छालाको घाउ हो, जसलाई एक्जिमा भन्निछ ।

एक्जिमा कसरी हुन्छ ?
जब छाला धेरै सुख्खा हुन्छ । त्यसपछि विस्तारै चिलाउन थाल्छ । अनि साना—साना दाना आउन थाल्छ । त्यो दानालाई चिलाउँदा छाला बाक्लो भएर रसाउन थाल्छ । त्यसपछि धुलो, घाम र हावा सबैले असर गर्छ । घामले पनि पोल्ने हुन्छ ।

त्यसपछि एक्जिमाको अवस्था सुरु हुन थाल्छ । एक्जिमा भएको अवस्थामा छालाको बाहिरी भागको एक लेयर गएको हुन्छ । सुख्खापन भएर बाहिरी भागको लेयर गइसकेपछि अब सबै कुरा छालाबाट भित्र प्रवेश गर्न थाल्छन् । धुलोको कणहरु भित्र प्रवेश गर्न थाल्छन् ।

एक्जिमाका लक्षणहरु
ड्ड छाला धेरै सुख्खा हुनु
ड्ड धेरै चिलाउनु
ड्ड साना दाना आउनु
ड्ड चिलाउँदा छाला बाक्लो हुनु
ड्ड धुलोको कणहरु वा घामले पोल्नु

के कारणले एक्जिमा हुन्छ ?
एक्जिमाको मुख्य र एउटा मात्र कारण भनेको छाला धेरै सुख्खा भएर हुने हो । छालालाई बाहिरबाट जति नै नाजुक देखिए पनि यो भित्रबाट एकदमै बलियो हुन्छ । यसले शरीरलाई सुरक्षा कवचको रुपमा बचाइरहेको हुन्छ ।

त्यही छाला जब धेरै सुख्खा हुन्छ तब एक्जिमा हुन थाल्छ । एक्जिमा हुन सक्ने भएकाले छालालाई सुख्खा हुन नदिनु विशेष ध्यान दिनुपर्छ ।

एक्जिमा हुन नदिन ध्यान दिनुपर्ने कुरा

१. स्वस्थ खाना

खानामा एकदमै ध्यान दिनुपर्छ । कार्वोहाइड्रेड, भिटामिन, मिनिरल्स र पोषणयुक्त खाना खाने गर्नुपर्छ । खाना समयमै खानुपर्छ ।

२. आराम गर्ने
आराम गर्न एकदमै जरुरी हुन्छ । धेरै काम गरिसकेपछि वा थकान महसुस भएपछि आराम गर्नु राम्रो हुन्छ । यसले छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।

३. दैनिक योगाभ्यास गर्ने
शरीरलाई स्वस्थ्य र फूर्तिलो बनाई राख्नको लागि दैनिक योगाभ्यास गर्नुहोस् । शरीर जति प्रयोग भयो त्यति नै बलियो हुँदै जान्छ ।

४. पर्याप्त निन्द्रा
छालाको लागि अर्को जरुरी कुरा भनेको निन्द्रा हो । ७ देखि १० घण्टा सुत्नैपर्छ । यसले छालालाई पनि एकदम राम्रो बनाउनमा मद्दत गर्छ ।

एक्जिमा कसरी नियन्त्रण गर्ने ?
सुरुमा जब एक्जिमाको लक्षणहरु देखा पर्न थाल्छन् । त्यतिबेला नै यसलाई नियन्त्रण गरेर यो रोग बढ्नबाट रोक्न सकिन्छ । एक्जिमाको लक्षण जस्तै अलि अलि छाला सुख्खा भएर चिलाउन थाल्दा चिलाएको भाग पानीमा हल्का भिजाएर तेल वा मोस्टराइजर क्रिम लगाउनुपर्छ । पछि विस्तारै—विस्तारै आफै ठिक हुन थाल्छ ।

तर, चिलायो भन्ने बित्तिकै आफू फोहोर भएको सम्झेर दिनदिनै साबुन लगाएर नुहाउने गर्नु हुँदैन् । यसले छालालाई झन धेरै असर गर्छ ।


प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ