२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमाइग्रेन के हो ? यसरी बच्न सकिन्छ माइग्रेनबाट

माइग्रेन के हो ? यसरी बच्न सकिन्छ माइग्रेनबाट


हेडएकका धेरै वटा प्रकारहरु छन् । जस्तैः टेन्सन हेडएक, माइग्रेन हेडएक, वास्कुलर हेडएक छन् । त्यसमध्येको एक माइग्रेसन हेडएक हो ।
माइग्रेन हुँदा टाउको दुख्ने, वोमेटिङ हुने हुन्छ । माइग्रेनका धेरै चरणहरु हुन्छन् । समयमै यसको उपचार हुँदा पूर्ण निको हुन सक्छ ।

माइग्रेन किन हुन्छ ?
माइग्रेन हुने कारण यही नै हो भनेर अहिलेसम्म पत्ता लागेको छैन । तर, माइग्रेनका केही लक्षणहरु छन्, जसको कारण हामी माइग्रेन रहेछ भनेर पत्ता लगाउँछौं ।

त्यहीअनुसारको उपचार पद्धतिहरु हामी गर्छौं । माइगे्रन हेडएक हुँदा सामान्यतयाः महिला, पुरुषको अनुपात हेरियो भने महिलालाई अलिकति बढी हुने, पुरुषहरुलाई अलिकति कम हुने हुन्छ । यो हुँदा एकपट्टीको टाउको दुख्ने, आँखा बन्द गर्दा आँखाको वरिपरी झिलिकझिलिक गर्ने, वोमिटिङ हुने, मान्छेलाई एकान्तमा गएर बस्न मनपर्ने यस्तो हुने गर्दछ । यस्तो भएमा हामी माइग्रेसन हेडएक रहेछ भन्ने बुझ्दछौं ।

माइग्रेन हुन नदिन के गर्न सकिन्छ ?

माइग्रेनको कुनै पनि कारण छैन । बिरामीले आफूले सोच्नुपर्‍यो के कुराहरु गर्दा बिरामीले आफूलाई सजिलो महसुस गर्छ । अथवा त्यो हेडएकको एपिसोडहरु आइरहेको हुन्छ । केही काम, कुराहरु गर्दा हेडएक हुँदैन् भन्ने महसुस हुन्छ ।

त्यो कुरा बिरामीले महसुस गर्नुहुन्छ भने माइग्रेन कम गर्न सकिन्छ । त्योभन्दा बाहेकको कुरामा औषधी उपचार र अन्य कुनै कारण छ कि छैन । संक्रमणको कुनै कारण छन् कि छैनन छन भने त्यो कारणलाई हटाउनुपर्‍यो ।

त्यसपछि यो माइग्रेन नै रहेछ भनेर टाउको दुख्न कम गर्ने औषधीहरु पाइन्छन् । त्यो चिकित्सकहरुको सल्लाह पछि लिन सकिन्छ । त्यो पनि चरणवद्ध छ । जुन चरणमा छ त्यो चरणअनुसारको औषधीले माइग्रेन रोक्न वा कम गर्न सकिन्छ ।

चरणहरु बढ्दै जाँदा यसको समस्या पनि बढ्दैं गएको हुन्छ । जुन चरणमा बिरामी छन्, त्यही चरणमा रोक्न र अगाडि जान नदिन उपचार गर्छौं ।

माइग्रेनको अन्तिम चरण कस्तो हुन्छ ?

माइग्रेनको बिरामी अन्तिम चरणमा आइपुग्दा एकदमै टाउको दुख्ने साथसाथै केही काम गर्न नसक्ने, वोमेटिङ हुन सक्छ । एकै ठाउँमा केही नगरी धेरै समयसम्म बस्ने गर्दा यसले गर्दा दैनिक रुपमा गर्ने क्रियाकलापहरु गर्न नसक्ने, टाउको दुखाइ मेजर स्केल गर्दा एकदेखि दश सम्मको स्केल गर्दा दशमा दश हुन्छ ।

त्यस्तो खालको दुखाइ जसले गर्दा बिरामीलाई एकदमै गाह्रो भइरहेको हुन्छ । यसलाई उपचार गर्न सकिन्छ । तर, सबै चरणमा माइग्रेनको उपचार सय प्रतिशत हुन्छ भन्न सकिँदैन् ।

माइग्रेनबाट बच्नको लागि के गर्न सकिन्छ ?

माइग्रेनबाट बच्न आफूलाई मन लागेका पुस्तकहरु पढ्ने, नोबेलहरु पढ्ने, योगा गर्नुभयो भने एकदमै राम्रो हुन्छ । यसले पनि धेरै हदसम्म माइग्रेन कम गर्न सकिन्छ । त्योबाहेक अन्य उपाय भनेको उपचार नै हो ।

प्रस्तुतिः सृजना थापा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ