२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ

डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ


घाँटी खस्खसाउने तथा चिलाउनु अर्थात इचिङ हुनु एल्लर्जी, इरिटेसनको लक्षण हो । यसका कारण कतिपयमा हाछ्युं आउने एवम श्वर भासिने या सुक्ने जस्ता समस्याहरु समेत देखा पर्दछ । कुनैपनि व्यक्तिमा यस्ता समस्या मुख्य तया भाइरल एव्म ब्याक्टेरियल इन्फेक्शन इन्फेक्शनको कारण देखा पर्दछ ।

भाइरल लगायत विभिन्न संक्रमण, खानेकुरा लगायतका रसायन्को एल्लर्जी कारण घाँटी चिलाउने तथा खस्खसाउने हुन्छ ।

घाँटीमा एक किसिमको श्वर यन्त्र रहेको हुन्छ । यसलाई हामी मेडिकल टर्ममा भोकल कर्ड भन्छौं जुन स्वर यन्त्र अर्थात ल्यारिंस भित्र दुई तिर रहेको हुन्छ बिचबाट हावा बाहिर निस्कँदा तरंग पैदा हुन्छ जसलाई आवाज अर्थात भ्वाइस भनिन्छ मुख बाट रेजोनेन्स भै बोली निस्कन्छ । कहिलेकाही ल्यारिंगसमा विभिन्न कारणवश किटाणुको संक्रमण हुँदा नशाको खराबी हुने, मासु पलाउने तथा क्यान्सरसमेत हुन सक्ने सम्भावना रहन्छ ।

जसकारण व्यक्तिको श्वर सुक्ने र आवाज नआउने हुन्छ । यस्ता समस्या विशेष गरेर धुम्रपान गर्ने, धुलोधुवाँयुक्त प्रदुषित वातावरणमा रहने र धेरै बोल्ने व्यक्ति (शिक्षक तथा गायक) हरुमा देखा पर्छन् ।

रोकथाम तथा बच्ने उपाय

रोगबाट ग्रसित भएर उपचार खोज्नुभन्दा पनि पहिले हामी बेलैमा यस्ता समस्या लाग्नबाट जोगिनु पर्दछ । यसको निम्ति हामीले निम्न उपायहरु अपनाउनु पर्दछः

  • धुलो धुवाँमा नहिड्ने
  • धुम्रपानबाट टाढा रहने
  • बाहिर निस्कदा मास्कको प्रयोग गर्ने
  • धेरै चिसो, मसालेदार र चिल्लो खानाहरु नखाने
  • चिच्याएर तथा ठूलो श्वरमा नबोल्ने
  • घाँटीलाई आराम दिने
  • लगातार बोली नरहने ।

कसरी गर्ने उपचार

कुनै पनि व्यक्ति यस्ता समस्याको शिकार भइसकेको अवस्थामा सर्वप्रथम हामीले के कारणले यस्ता समस्या देखा परेको हो सो कुराको पत्ता लगाउनु पर्दछ । यसका साथै व्यक्तिमा बढी बोलेर यस्ता समस्या देखा परेको हो भने सो व्यक्ति ४८ देखि ७२ घण्टासम्म केही नबोली बस्दा उक्त समस्या आफै हराएर जाने हुन्छ ।

यसैगरी, धुम्रपान गर्ने व्यक्तिहरु भने धुम्रपान त्याग्ने तथा धुलो धुवाँबाट टाढै रहनु पर्दछ । श्वर सुक्ने विषयको बारेमा भन्नुपर्दा माथि उल्लेख गरेझैं यो व्यक्तिहरुको ‘भोकल रिजोनेशन’ मा खराबी देखा परी किटाणुको संक्रमण, नशाको खराबी हुने, मासु पलाउने, संक्रमण तथा क्यान्सरसमेत भएको हुन सक्छ ।

तसर्थ, व्यक्तिमा यस्ता समस्या लगातार १ हप्ता वा सोभन्दा बढी देखा परेको अवस्थामा भने बिरामीले तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्दछ ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ