२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ?

किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ?


कहिलेकाहीं हामीले केही नखादा पनि हाम्रो पेट ग्याँसको कारण फुल्लिने र भरिने हुन्छ । चिकित्सकीय क्षेत्रमा यसलाई ‘बोल्टिङ’ पनि भनिन्छ । यस्तो समस्या विशेष गरेर पुरुषको तुलनामा महिलामा बढी देखा पर्दछ । व्यक्तिमा यस्ता अवस्था देखा पर्नु पछाडि क्रोनिक अवस्था रहेको हुन्छ । जसकारण २४ प्रतिशत व्यक्तिहरुमा ‘इरिटेबल बवेल सिन्ड्रोम’ समेत देखा पर्दछ ।

यसका साथै अन्यमा भने ग्याँस भरिएकै कारण व्यक्तिमा कब्जियतका समस्या समेत देखा पर्दछ । यससँगसँगै यस्ता समस्या देखा परेको व्यक्तिमा शरीरको केही भाग चलाउन असहज हुने, पेट दुख्ने, पेटमा ग्याँस भरिने, झाडा वा कब्जियत या दुवै हुन सक्ने हुन्छ । व्यक्तिमा यस्तो देखा परेपश्चात यसले सिधै आन्द्रामा असर पु¥याउँछ । यस्ता समस्या देखा पर्नु पछाडि निम्न कारणहरु रहेका छन्ः

  • खाली पेट
  • आवश्यकभन्दा बढी खानाको प्रयोग
  • असन्तुलित खानाको मात्रा
  • बढी हावा वा चिसोको कारण
  • कार्वाेहाइड्रटयुक्त तथा ग्याँस भरिएका खाना तथा पेय पदार्थको सेवन
  • उच्च फाइबरयुक्त अन्नको प्रयोग
  • चुइगम तथा अल्कोहलको प्रयोग

रोकथाम तथा उपचार

हामीले यसको यसो हुन नदिनको निमित्त हाम्रो खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्दछ । हामीले यस्ता समसया के कारणले देखा पर्दछ भन्ने कारणहरुबारे जानकारी लिई त्यस्ता बानीहरु बाट टाढै रहनु पर्दछ ।

यसका साथै कहिलेकाहीं हामीलाई यस्ता समस्या देखा परेको खण्डमा भने, हामीले हाम्रो शरीरमा यस्ता समस्या के कारणले देखा परेको हो कारण पत्ता लगाई सोही अनुरुप उपचार गर्नुपर्दछ ।

यसबाहेक हामीले पानीको सेवन अत्याधिक मात्रामा गर्ने, हल्का शारीरिक व्यायाम गर्ने र बिहान बेलुका बिरे नुन र ज्वानो मिश्रित पानीको सेवन गर्नुपर्दछ । तर, उक्त उपायहरुले पनि काम नगरी निरन्तर यस्तो समस्या देखा परेमा तुरुन्त चिकित्सक संग सल्लाह लिनुपर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ