२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुनिलराम कोइरालाको सल्लाह : माइग्रेनबाट कसरी बच्ने ?

डा. सुनिलराम कोइरालाको सल्लाह : माइग्रेनबाट कसरी बच्ने ?


वर्तमान समयमा साना बालवालिका होस् वा ठूला वयस्क व्यक्तिहरुमा अधिकांशमा देखा पर्ने विभिन्न समस्यामध्ये माइग्रेन पनि एक हो । वीरको ओपिडीमा उपचारका लागि आएका प्रायजसोः बिरामीहरु टाउको दुखाइकै समस्या लिएर आउने गरेका छन् । त्यसमध्ये पनि सामान्य टाउको दुखाइको कारणभन्दा माइग्रेनका बिरामीहरु बढी हुन्छन् ।

प्रायजसोः पुरुषमा भन्दा महिलामा बढी देखिने यस समस्या देखा परेपश्चात व्यक्तिको टाउकोको एक भागलगातार दुखिरहने, बान्ता हुने, उज्यालोमा हेर्न नसक्ने, हो–हल्लामा बस्न नसक्ने र दूधजन्य र वाइनजस्ता वस्तुहरुको उपभोग गर्दा यसले व्यक्तिमा झन् सामान्य रुपमा भन्दा बढी टाउको दुखाइ हुने गर्दछ ।

माइग्रेनका कारणहरु

कुनै पनि व्यक्तिमा विभिन्न कारणवस् टाउको दुख्ने भएतापनि टाउको दुखाइको कारण मुख्यतयाः प्राइमरी र माइग्रेन गरी २ प्रकारको रहेका छन् । प्राइमरी टाउको दुखाइको प्रमुख कारण हाइपर टेन्सन रहेतापनि माइग्रेन हुनुको पछाडि भने विभिन्न कारणहरु रहेका छन् । त्यसमध्ये केहीलाई यसरी प्रस्तुत गर्न सकिन्छ :

शारीरिक कारणहरु

  •  थकान
  • अनिन्द्रा
  • घाँटी तथा काँधको दुखाइ
  • शरीर खुम्चाएर बस्ने बानी
  • आवश्यकभन्दा बढी शारीरिक परिश्रम
  • वशांणुगत गुण ।

मानसिक कारणहरु

  • हाइपर टेन्सन
  • चिन्ता तथा तनाव
  • डर
  • अत्याधिक रमाइलो
  • अप्रत्यासित घटना ।

रोकथाम तथा उपचारका उपायहरु

सर्वप्रथम माइग्रेन नहोस् भन्नका लागि हामीले शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य रहने प्रयास गर्नुपर्दछ । यसबाहेक व्यक्तिमा यस्तो समस्या देखा परिहालेको खण्डमा भने उसलाई बेड रेस्ट लिन लगाई कुनै पनि किसिमको तनावबाट टाढा राख्नु पर्दछ ।

र, यसका साथै यस समस्याका बिरामीहरु सबैलाई एकै किसिमको उपचार आवश्यक नपर्ने भएकाले उक्त बिरामीहरुको अवस्था जाँच गरी चिकित्सकले सोही किसिमको आवश्यक ट्रिटमेन्ट प्रदान गर्ने हुँदा त्यस्ता बिरामीले सम्बन्धित चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ