गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? डा. सूर्य पराजुली असिसटेन्ट प्रोफेसर, कम्युनिटी मेडिसिन, विराट मेडिकल कलेज शिक्षण अस्पताल आईतबार, २०८२ फागुन १७ गते, १०:४१ मा प्रकाशित स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ । शरीरका अरु भागमा पनि फैलन सक्छ । यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुन सक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ । यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ । यो क्यान्सर महिलामा बढी देखिने भएपनि पुरुषमा पनि हुनसक्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सरलाई समयमै पत्ता लगाउन सक्यौ भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै बंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ । यो क्यान्सर छिटो पत्ता लगाउन सक्यो भने बाच्ने सम्भावना ९८ प्रतिशत सम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ । नेपालमा स्तन क्यान्सर ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ । ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ । करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसीका ग्रन्थीलाई निकालेर फालिन्छ । प्यालिएटीभ हेरचाह गर्ने संस्था र प्रबिधि कम छ । ४०—४९ वर्षको उमेर समुहमा यो बढी देखिएको छ । फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ । प्रति वर्ष करिब २०० जना स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्येक वर्ष ५ प्रतिशतले बढी रहेको छ । तर, समुदायमा कैयौं बिरामीहरु पहिचान नभई बसेका छन् । स्तन क्यान्सरको लक्षण र चिन्हहरु के—के हुन सक्छन् ? स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा स्तनको छालामा परिवर्तन देखिएमा स्तनको आकार र बनावटमा परिवर्तन आएमा स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा स्तनमा गाँठो अनुभव भएमा स्तनको मुन्टो वरिपरीको छाला रातो देखिएमा काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा स्तन क्यान्सरको जोखिम कसलाई बढी छ? ढिलो सन्तान जन्माउनेहरु कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि) पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि) स्तनपान कम गराउने बढी चिल्लो बोसोयुक्त खाना खाने चुरोट र अत्याधिक रक्सीको सेवन गर्ने विकिरणको नजिक रहने स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने? स्वयम् स्तन जाँच विधि क्लिनिकल जाँच विधि म्यामोग्राफी जाँच हाई रेजोलुशन भिडियो एक्स रे अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स रे एमआरआई स्तन क्यान्सरको उपचार कस्तो छ? नेपालमा प्राय सबै उपचार बिधि सुरु भइसकेका छन् । तर, महंगीका कारण धेरै नेपालीको पहुँचबाट बाहिर छ । सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोने थेरापी आदि प्रचलित उपचार विधिहरु हुन् । स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ । स्तन क्यान्सरमा के के चुनौतीहरु छन् ? नेपालमा स्तन क्यान्सरको अनिवार्य स्क्रिनिङ कार्यक्रम नहुनु स्तन क्यान्सरको उपचार महँगो हुनु जनचेतनाको कमी हुनु स्तन क्यान्सर रोकथामको लागि के गर्ने ? स्वास्थ्य चेतानामूलक कार्यक्रम स्तन क्यान्सर स्क्रीनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनअनुसार) -२०—३९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि -४०—४९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाँच र त्यसपछि प्रत्येक २—२ वर्षमा म्यामोग्राफी जाँच -५० वर्ष र माथिको उमेरः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच त्यसो भए समयमै स्तन क्यान्सरको पत्ता लगाउन के गर्ने? सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौ । सबैले आफ्नो स्तन आफै जाँच्ने विधि सुरु गरौं । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान… पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल TFN ट्रेण्डिङ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन्