२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विनय भट्टराईको सल्लाह : के हो थाइराइड, कसरी बच्न सकिन्छ ?

डा. विनय भट्टराईको सल्लाह : के हो थाइराइड, कसरी बच्न सकिन्छ ?


थाइराइड आफैमा रोग होइन । बरु, शरीरमा पाइने विभिन्न ग्रन्थीमध्ये यो पनि एक प्रकारको ग्रन्थी हो । अर्काे शब्दमा भन्ने हो भने पुतलीको आकारमा घाँटीको तल्लो अगाडि भागमा रहने ग्रन्थी हो । यसले थाइराइड हर्माेनलाई सुरक्षित राख्ने काम गर्छ । यसअन्तर्गत रहेको ‘थाइ¥योक्सन हर्माेन’लाई मुख्य हर्माेन मानिन्छ । जसलाई ‘टी–४’ पनि भनिन्छ ।

थाइराइडले शरीरमा मेटाबोलिजमकोे वृद्धि–विकासमा सहयोग पु¥याउँदै शरीरको तापक्रमलाई पनि सन्तुलन राख्न मद्धत गर्र्छ । तर, यसको सन्तुलनमा आएको गडबडका कारण भने व्यक्तिमा विभिन्न समस्याहरु देखा पर्न सक्छ । यसलाई सामान्य बोलीचालीको भाषामा व्यक्तिमा थाइराइडको समस्या देखा प¥यो भन्छौ ।

थाइराइड ग्रन्थीले लगातार हर्माेन उत्पादन गर्ने क्रममा कहिलेकाहीं विभिन्न कारणवस यसको उत्पादन प्रक्रियामा देखा परेको घटबढ प्रक्रिया नै हामीले भन्ने गरेको थाइराइड हो । यसरी घटबढ हुने क्रममा देखा परेको हार्माेन सामान्य अवस्थामा भन्दा धेरै उत्पादन भएको खण्डमा त्यसलाई ‘हाइपर थाइराइड’ र कम हार्माेन उत्पादन भएको अवस्थालाई ‘हाइपो थाइराइड’ भनिन्छ । यसबाहेक कसै—कसैमा भने थाइराइडको क्यान्सर पनि देखा पर्छ ।

यसरी थाइराइडको हाइपर र हाइ–पो गरी दुई प्रकारको रहेजस्तै यसै अनुरुप यो समस्याबाट ग्रसित हुँदा व्यक्तिमा पनि फरक–फरक किसिमका समस्याहरु देखा पर्छ ।

हाइपर थाइराइडमा देखा पर्ने लक्षणहरु

  • दुब्लाउदैं जानु
  • हात काँप्नु
  • पसिना आउनु
  • धड्कनको गति बढ्नु
  • दिशा लागिरहनु ।

हाइ–पो थाइराइडमा देखा पर्ने लक्षणहरु

  • तौल बढ्दै जानु
  • थाक्नु वा शरीर आलस्य हुनु
  • कपाल झर्नु
  • र, महिनावारी छिटो–छिटो हुनु ।

कारण

यो समस्या जुनसुकै उमेरका कुनै पनि समुहमा देखापर्न सक्छ । यो व्यक्तिको शरीरमा रहेको थाइराइड ग्रन्थीको उत्पादन तथा प्रतिकार्यमा भर पर्ने भएकोले यो समस्या यसै समूहका व्यक्तिमा मात्र देखा पर्छ भन्ने निश्चित हुँदैन । तर, हालसम्म उपचारार्थमा आएका अधिकांश रेकर्डलाई हेर्ने हो भने तुलनात्मक रुपमा यस समस्याबाट ग्रसित हुने महिलाको संख्या पुरुषको भन्दा बढी रहेको देखिन्छ ।

यो के कारणले हो भन्ने ठोस कारण पत्ता लगाउन नसकिएता पनि अटो–इम्युनिटी पावरसँग सम्बन्धित अधिकांश रोगहरु महिलामा धेरै देख्ने गरेको पाइन्छ । तर, यसबाहेक यो समस्या निम्न समूहलाई देखा पर्न सक्ने सम्भावना उच्च रहन्छ ।

  • लो–अटो इम्युनिट डिजिज (कम रोग प्रतिरोधात्मक क्षमता)
  • थाइराइडको संक्रमण
  • हार्माेनको गडबडी
  • आयोडिनको कमी ।

बच्ने उपाय तथा उपचार

माथि उल्लेख गरेजस्तै यो समस्या रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्तिमा देखापर्छ । जसका कारण यसबाट बच्न निश्चित कुनै उपाय छैन् । तर, समय–समयमा थाइराइडको परीक्षण गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ ।

कतिपय व्यक्तिमा यस समसया उचित शारीरिक सक्रियताको अभाव, खानपिन र रहन—सहनका कारण पनि देखा पर्छ भन्ने गलत मान्यता रहेको देखिन्छ । तर, यो समस्या शारीरिक सक्रियता र खानपिनसँग सम्बन्धित नहुने भएकोले यो समस्या देखा परेको व्यक्तिले चिकित्सकको परामर्शमा उचित रुपमा औषधी सेवन गर्दा थाइराइड आफै सन्तुलनमा आई यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ