२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन

डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन


मुखको हाइजिन भन्नाले मुख स्वस्थ्य राख्नु भन्ने बुझिन्छ । मुखलाई ब्रस तथा फल्सको माध्यमबाट सफा र स्वस्थ्य राखी दाँत कुहिने, किराले खाने तथा यसमा देखा वर्न सक्ने गम सम्बन्धिका रोगबाट बच्नु नै मुखको हाइजिन हो ।

हामीले मुख सफा नराख्दा मुख सम्बन्धि विभिन्न किसिमका समस्या देखा पर्छन् । हामीले खाएको खाना दाँतको विभिन्न ठाउँमा गएर अड्किने हुँदा त्यसले पनि विभिन्न रोगहरु निम्त्याउने डर हुन्छ । तसर्थ हामीले मुखमा भएको फोहोर हटाएर सफा गरी मुख स्वस्थ राख्नु नै मुखको हाइजिन मेन्टेन गर्ने भरपर्दाे उपाय हो । यसको निम्ति हाम्रो मुखभित्र रहेको कुनै एक विशेष अंग मात्र नभई दाँत सँगसँगै यसका वरपर रहेका अन्य अंगहरु पनि सफा राख्नुपर्छ ।

कहिलेकाहीं व्यक्तिहरु दाँत तथा गिजा सम्बन्धि विभिन्न समस्या लिएर पनि उपचारको निम्ति आउने गर्छन् । त्यस्ता अधिकांश व्यक्तिमा देखिने समस्याको मुख्य कारण नै मुखको हाइजिनको असन्तुलन रहेको देखिन्छ । तसर्थ त्यस्ता व्यक्तिलाई हामी सर्वप्रथम मुख सफा र स्वस्थ राख्न सल्लाह दिन्छौ । यसका साथै मुखको हाइजिन घटाउने र त्यसलाई हानी गर्ने खानपिन तथा क्रियाकलाप हटाउनको निम्ति सुझाव दिन्छौ ।

समस्या विभिन्न कारणवस देखा पर्ने भएकाले त्यस्ता कारणबारे आवश्यक ज्ञान हासिल गरेर सावधानी अपनाएर समस्याबाट बच्न सकिन्छ ।

मुखको हाइजिन घटाउने मुख्य कारणहरु

आवश्यक सरसफाइको कमी नै मुखको हाइजिन घटाउने वा असन्तुलन पार्ने मुख्य कारक तत्व हो । यसको अभावमा नै मुख सम्बन्धि विभिन्न समस्या देखा पर्छन् । दाँत, गिजा तथा दाँतको हड्डी एवम् मुखको आन्तरिक भागमा कुनै पनि किसिमको समस्या देखा नपरोस् भन्नको निम्ति मुखको हाइजिन मेन्टेन गर्नु आवश्यक हुन्छ ।

कसरी मेन्टेन गर्ने मुखको हाइजिन 

  •  कम्तिमा ६/६ महिनामा डेन्टिसकोमा जाने
  • मुख सफा राख्ने
  • ब्रस एकजनाले मात्रै प्रयोग गर्ने
  • समय–समयमा ब्रस परिवर्तन गरिरहने
  • १२/१२ घन्टाको अन्तरालमा नियमित ब्रस गर्ने
  • केहि खाएपछि सकेसम्म ब्रस गर्ने नत्र मुख कुल्ला गर्ने
  • धुम्रपान तथा मद्यपानबाट टाढा रहने
  • गुट्खा तथा सुर्तीजन्य वस्तुहरु प्रयोग नगर्ने
  • राति सुत्नुअघि ब्रस गरेपछि मनतातो नुनपानीले मुख कुल्ला गर्ने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ