२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेके हो फाइमोसिस, कस्ता बालकमा देखिन्छ यस्तो समस्या ?

के हो फाइमोसिस, कस्ता बालकमा देखिन्छ यस्तो समस्या ?


डा. आशिष खरेल
आवासीय चिकित्सक, कान्ति बाल अस्पताल

बालकको लिंगको टुप्पोमा एक किसिमको फर्किन मिल्ने छालाको पत्र हुन्छ । त्यो छाला फर्किएर अड्किदा उनीहरुलाई पिसाब फेर्न समस्या हुने अवस्थालाई ‘फाइमोसिस’ भनिन्छ । अर्थात् कहिलेकाहीँ लिंगको टुप्पोमा रहेको छाला जोडिएर पिसाब फेर्ने प्वाल बन्द हुने र पिसाब गर्न गाह्रो हुने अवस्थालाई ‘फाइमोसिस’ भनिन्छ ।

मुसलमान र यहुदी धर्मावलम्बीले जन्मनासाथ बालकको लिंगको टुप्पोको छाला काटेर फाल्ने गर्दछन् । तसर्थ, ती समुदायका बालकमा यस किसिमको समस्या देखिदैन् । तर, अन्य धर्मावलम्बीहरु विशेषतः हिन्दु तथा क्रिश्चियनहरुले त्यसलाई नकाट्ने हुँदा उनीहरुमा ‘फाइमोसिस’ देखा पर्न सक्दछ । यस किसिमको समस्या विशेषगरी साना बालकमा साझा समस्याको रुपमा देखा परेको छ । शिशुको जन्मपछि लिंगको माथिल्लो भाग सुन्निएर पाक्दा देखा पर्छ भने अन्यलाई भने यो इन्फेसनको कारण पनि देखा पर्दछ ।

रोगको पहिचान कसरी गर्ने ?

यस्ता किसिमको समस्या देखा परेका बालकले पिसाब फेर्दा असहज महसुस गर्दछन् । पिसाब गर्दा दुख्ने, पोल्ने हुँदा उनीहरु पिसाब गर्दा रुने, कराउने वा चिच्याउने गर्दछन् । यसका साथै ‘फाइमोसिस’ भएका बालकमा कहिलेकाहीँ पिसाबको इन्फेक्शन पनि हुने गर्छ । तसर्थ, बालकमा यस्तो अवस्था देखा परेमा ‘फाइमोसिस’ भएको हो होइन भनेर रोगको पहिचान गर्न सक्छौ ।

उपचार

बालकमा देखा पर्ने यस्तो समस्याको उपचार प्रायजसोः शल्यक्रिया नै हो । ‘सर्कमसिजम’ भनिने त्यस्तो शल्यक्रियामा बालकको लिंगको माथिल्लो भागको टुप्पोमा रहेको छाला काटेर फालिन्छ । छाला फालेपछि उनीहरुमा भविष्यमा यस किसिमको समस्या देखा पर्दैन्ककक ।




क्याटेगोरी : भिडियाे, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ