२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ?

मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ?


आइआईटी मण्डीका शोधकर्ताहरुले मधुमेहको उपचारमा कामयावी एक मोलिक्युल पत्ता लगाएका छन् । पीके २ नामको यो मोलीक्युल प्यानक्रियाजबाट इन्सुलिनको डिस्चार्ज गर्नेमा सक्षम छ ।

यसबाट डाइबटिजको उपचारका लागि औषधिको ट्याबलेट बनाउनेमा काफी सम्भावना जागेको छ । शोधको नतिजा जर्नल अफ बायोलोजिकल केमेष्ट्रीमा प्रकाशित गरिएको छ ।

अनुसन्धानमा सहभागी डा. प्रोसेनजीत मण्डलले मधुमेहको उपचारका लागि अहिले दिइने एक्सैनाटाइडा र लिराग्लूटाइडजस्ता औषधीहरु महंगो र अस्थिर रहेको बताइन । उनकाअनुसार अनुसन्धान टोलीको लक्ष्य टाइप १ र टाइप २ मधुमेहको उपचारका लागि सस्तो शुलभ र प्रभावकारी सरल औषधीहरू फेला पार्नु हो।

मधुमेह रोगीमा, प्यान्क्रियाजको बीटा कोषिकाहरुबाट इन्सुलिनको उत्सर्जन रगतमा ग्लुकोजको स्तर अनुसार घट्छ। इन्सुलिनको रिलीजमा धेरै रासायनिक प्रक्रियाहरू संलग्न छन्। समान प्रक्रियामा ‘जीएल[पी १ आरएस’ भनिने संरचनाहरू समावेश छन्।  खाना खाएपछि डिस्चार्ज भएको  जीएलपी 1 हरमोनल मोलिक्यूल जीएलपी १सँग जोडिन्छ र इन्सुलिनको डिस्चार्ज शुरू गर्छ ।

डा. ख्याती गिरधरले सर्वप्रथम मानव कोषमा रहेको जीएलपी१ आर प्रोटिनमा पिके२को बाइन्डिङ परीक्षण गरिएको बताए। यो जीएलपी१आर  प्रोटीनमा राम्रोसँग बाँध्न सक्षम भएको पाइयो।पिके२ले बीटा कोषिकाहरुबाट इन्सुलिन निकाल्ने सम्भावना हुन्छ। पिके२ द्रुत रूपमा ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाकमा अवशोषित हुन्छ। अर्थात्, त्यसबाट बनाइएको औषधी सुईकोसट्टा चक्की प्रयोग गर्न सकिन्छ।

औषधी सेवन गरेको दुई घण्टापछि मुसाको कलेजो, मिर्गौला र प्यान्क्रियाजमा पिके२ पत्ता लागेको थियो। यसको कुनै पनि भाग मुटु, फोक्सो र प्लीहामा थिएन। यो अणु रगत-मस्तिष्क अवरोध पार गर्न सक्षम हुन सक्छ भन्ने पत्ता लागेको छ।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ