गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित हेल्थ आवाज आईतबार, २०७७ जेठ १८ गते, १७:४७ मा प्रकाशित जनकपुर – एकपछि अर्को संक्रमित फेला परिरहेको सप्तरीमा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने प्रदेश नम्बर २ मा संक्रमितको संख्या ६ सय २४ पुगेको छ । पछिल्लोपटक आइतबार थपिएका १२ जना सबै भारतबाट फर्केका पुरुष हुन् । सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् । उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परीक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । आइतबार दिउँसो प्राप्त रिपोर्टले उनीहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । आइसोलेसन बेडको अभावका कारण संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको उनले बताए । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइतबारै रातीसम्म ल्याई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्