२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती

बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती


– प्रनिश थापा
चितवन – पुर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुल्हर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरेको छ । चालू आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बकुल्हर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको जानकारी दिएका हुन् ।
बकुल्हर अस्पताल प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती भएसंँगै पूर्वीचितवनका चार नगरपालिकाका वासिन्दाहरुलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा समेत बिरामीहरुको चाप घट्ने अपेक्षा गरिएको छ ।
१५ शैय्याको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ । त्यस्तै , ४५ जनाको मिर्गौलाको डायलासिस समेत गर्दै आएको सो, अस्पतालमा मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेसु डा. विश्ववन्धु बगालेले  जिल्ला अस्पतालको रूपमा विकास गरेर सम्पूर्ण विषेशज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने बताए । अब अस्पताललाई न्यूनतम ५० देखि १ सय बेडसम्म बनाइने मेसु डा. बगालेले बताए ।

क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ