गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १६:०० मा प्रकाशित -प्रनिस थापा चितवन – चितवनको राप्ती नगरपालिकाले जिल्लामा नै पहिलोपटक महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाले राप्ती ६ मा रहेको भण्डारा माध्यमिक बिद्यालयमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहदा नगरपालिकाले भने भण्डारा माध्यमिक बिद्यालयमा ५० शैय्याको महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाका अनुसार क्वारेन्टाइन तत्कालका लागि ३० शैय्याको भए पनि ५० शैय्यामा पुर्याउने आफूहरुको लक्ष्य रहेको नगरपालिकाकी प्रमुख मेयर प्रभा बरालले बताइन् । मेयर बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ । तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टाइनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टाइनमा राखिने उनले बताए । राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टाइनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध… मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु