गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १६:०० मा प्रकाशित -प्रनिस थापा चितवन – चितवनको राप्ती नगरपालिकाले जिल्लामा नै पहिलोपटक महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाले राप्ती ६ मा रहेको भण्डारा माध्यमिक बिद्यालयमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहदा नगरपालिकाले भने भण्डारा माध्यमिक बिद्यालयमा ५० शैय्याको महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाका अनुसार क्वारेन्टाइन तत्कालका लागि ३० शैय्याको भए पनि ५० शैय्यामा पुर्याउने आफूहरुको लक्ष्य रहेको नगरपालिकाकी प्रमुख मेयर प्रभा बरालले बताइन् । मेयर बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ । तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टाइनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टाइनमा राखिने उनले बताए । राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टाइनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प