गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १६:०० मा प्रकाशित -प्रनिस थापा चितवन – चितवनको राप्ती नगरपालिकाले जिल्लामा नै पहिलोपटक महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाले राप्ती ६ मा रहेको भण्डारा माध्यमिक बिद्यालयमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहदा नगरपालिकाले भने भण्डारा माध्यमिक बिद्यालयमा ५० शैय्याको महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाका अनुसार क्वारेन्टाइन तत्कालका लागि ३० शैय्याको भए पनि ५० शैय्यामा पुर्याउने आफूहरुको लक्ष्य रहेको नगरपालिकाकी प्रमुख मेयर प्रभा बरालले बताइन् । मेयर बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ । तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टाइनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टाइनमा राखिने उनले बताए । राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टाइनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास