गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १६:०० मा प्रकाशित -प्रनिस थापा चितवन – चितवनको राप्ती नगरपालिकाले जिल्लामा नै पहिलोपटक महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाले राप्ती ६ मा रहेको भण्डारा माध्यमिक बिद्यालयमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहदा नगरपालिकाले भने भण्डारा माध्यमिक बिद्यालयमा ५० शैय्याको महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाका अनुसार क्वारेन्टाइन तत्कालका लागि ३० शैय्याको भए पनि ५० शैय्यामा पुर्याउने आफूहरुको लक्ष्य रहेको नगरपालिकाकी प्रमुख मेयर प्रभा बरालले बताइन् । मेयर बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ । तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टाइनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टाइनमा राखिने उनले बताए । राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टाइनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान