गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप जीवन लामा शुक्रबार, २०८१ माघ २५ गते, १६:१५ मा प्रकाशित चरिकोट—गुम्बामा अध्ययनरत आनी (विद्यार्थी) हरुलाई त्यही पुगेर एचपीभी खोप लगाइएको छ । दोलखाको विगु गाउँपालिका–७ विगुमा अध्ययनरत २३ जना आनी (विद्यार्थी) हरुलाई गुम्बामै पुगेर खोप लगाइएको हो । कक्षा ६ देखि १० सम्म अध्ययनरत आनी (विद्यार्थी)हरुलाई खोप लगाइएका छन् । यही २२ माघदेखि सञ्चालन भइरहेको एचपीभी खोप लगाउने अभियानअन्तर्गत यस टासी छिमे गाछल गु्म्वा आधारभूत विद्यालयमा अध्ययनरत २३ जनालाई अहेब अजय ठाकुर र जीत कुमारी राणा मगरले खोप लगाएको विगु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीले बताए । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने वा विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप अभियानअन्तर्गत यस विद्यालयका (विद्यार्थी) आनीहरुलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । यस गाउँपालिकामा रहेका ८ वटा वडाहरुमा २२ माघदेखिनै नियमित रुपमा खोप अभियान सञ्चालन भइरहेको छ । उनकाअनुसार यस गाउँपालिकामा कक्षा ६ देखि १० सम्मका सात सय ३३ जना छात्राहरु र विद्यालय बाहिरका १९ जना किशोरीहरु रहेको अनुमान गरिएको छ । हालसम्म ६९७ जनालाई खोप लगाइसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गाउँपालिका र व्यवसायी तामाङको आर्थिक सहयोगमा एम्बुलेन्स मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री