गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप जीवन लामा शुक्रबार, २०८१ माघ २५ गते, १६:१५ मा प्रकाशित चरिकोट—गुम्बामा अध्ययनरत आनी (विद्यार्थी) हरुलाई त्यही पुगेर एचपीभी खोप लगाइएको छ । दोलखाको विगु गाउँपालिका–७ विगुमा अध्ययनरत २३ जना आनी (विद्यार्थी) हरुलाई गुम्बामै पुगेर खोप लगाइएको हो । कक्षा ६ देखि १० सम्म अध्ययनरत आनी (विद्यार्थी)हरुलाई खोप लगाइएका छन् । यही २२ माघदेखि सञ्चालन भइरहेको एचपीभी खोप लगाउने अभियानअन्तर्गत यस टासी छिमे गाछल गु्म्वा आधारभूत विद्यालयमा अध्ययनरत २३ जनालाई अहेब अजय ठाकुर र जीत कुमारी राणा मगरले खोप लगाएको विगु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीले बताए । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने वा विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप अभियानअन्तर्गत यस विद्यालयका (विद्यार्थी) आनीहरुलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । यस गाउँपालिकामा रहेका ८ वटा वडाहरुमा २२ माघदेखिनै नियमित रुपमा खोप अभियान सञ्चालन भइरहेको छ । उनकाअनुसार यस गाउँपालिकामा कक्षा ६ देखि १० सम्मका सात सय ३३ जना छात्राहरु र विद्यालय बाहिरका १९ जना किशोरीहरु रहेको अनुमान गरिएको छ । हालसम्म ६९७ जनालाई खोप लगाइसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कसरी गर्ने छालाको हेरचाह ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कसरी गर्ने छालाको हेरचाह ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ