२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबजेटमा स्वास्थ्य : बुटवलमा ४ करोड ४० लाख र सैनामैनामा २ करोड २७ लाख

बजेटमा स्वास्थ्य : बुटवलमा ४ करोड ४० लाख र सैनामैनामा २ करोड २७ लाख


बुटवल—रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवलले स्वास्थ्यमा ४ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरवासीहरुको आधारभूत स्वास्थ्य अवस्थामा सुधार ल्याएर वडास्तरबाटै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन, उपचारात्मक, प्रवद्र्धनात्मक, प्रतिकारात्मक, पुनस्र्थापना र दीर्घ एवं असहाय बिरामीलाई प्रदान गरिने परामर्शजस्ता सेवामा नगरवासीको पहुँच सुनिश्चित गर्ने उपमहानगरको नीति छ ।

बाल तथा मातृ सेवा, खोपलगायतका सेवालाई थप प्रभावकारी बनाउने, नगर प्रमुख, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यक्रम र उप–प्रमुख सुरक्षित मातृत्व कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख छ । नगरमा विशिष्ट विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहलाई सुनिश्चित गर्ने वातावरणका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय गरिने उपप्रमुख गुमादेवी आचार्यले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

उता रुपन्देहीको सैनामैना नगरपालिकाले कुल ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेटमा स्वास्थ्य क्षेत्रलाई २ करोड २७ लाख ४३ हजार विनियोजन गरेको छ । ‘शारीरिक, मानसिक, सामाजिक रुपमा स्वस्थ जन सैनामैनाको धन’ भन्ने नारालाई साकार पार्न संघीय सरकारमार्फत स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप विशेषज्ञसहितको सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएकोे बजेटमा उल्लेख छ ।

वडा नं. १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई प्राकृतिक तथा आयुर्वेदिक अस्पतालको रुपमा विकास गर्न र वडा नं. ११ मा रहेको सर्पदंश अस्पताल र सालझण्डी स्वास्थ्य चौकीलाई एकीकृत गरी दुवै स्वास्थ्य संस्थाहरुलाई सञ्चालनमा ल्याउने, पर्रोहा स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरसहितको सेवा सञ्चालन भैसकेकोेले उक्त सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणको व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।

पर्रोहा बर्थिङ्ग सेन्टरमा सञ्चालित २४ घण्टे प्रसुती सेवालाई व्यवस्थित गर्ने, नगरपालिकाका वडा नं. १, ३, ५, ८, ९ र ११ मा सहरी स्वास्थ्य केन्द्र निर्माणको कार्य सम्पन्न गर्ने र प्रसुती गराउने महिला र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिंदै महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोष स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिएको वजेट वक्तव्यमा उल्लेख छ ।

स्वास्थ्य विमा, सुरक्षित गर्भपतन, मुटुरोग, क्यान्सर, मधुमेह, रक्तचाप र क्षयरोग जस्ता रोगहरुको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्नेे खालका कार्यक्रम सञ्चालन गर्न, उच्च रक्तचाप, मधुमेह, टि.बी, कुष्टरोग, मलेरिया, फाइलेरिया, टाइफाइट, कमलपित्त, झाडापखला, आऊ र विभिन्न प्रकारका ज्वरो सहितका रोगहरुको लागि ५८ प्रकारका औषधीहरु निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।a


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ