२०७८ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड–१९ संक्रमितको शव व्यवस्थापनमा जुटेको ‘वुमन स्क्वायड’

कोभिड–१९ संक्रमितको शव व्यवस्थापनमा जुटेको ‘वुमन स्क्वायड’


नेपालगन्ज—बाँके जिल्ला कोभिड–१९ संक्रमणको उच्च जोखिममा छ । पछिल्ला दिनहरुमा फेरि कोभिड–१९ को संक्रमण बढ्न थालेको छ । नयाँ संक्रमित र उपचारका लागि अस्पतालमा भर्ना हुनेहरुको संख्या थपिदै गएको छ ।

कोभिड–१० को तेस्रो लहर फैलियो भने त्यसको असर पनि नेपालगन्जमा देखिने जोखिम उच्च छ । पहिलो लहरमा बाँके जिल्लामा मात्रै ४ हजार ९ सय ५८ जना संक्रमित भए । संक्रमितमध्ये ५८ जनाको मृत्यु भयो ।

दोस्रो लहरमा बाँके कोभिड–१९ महामारीको हटस्पट नै बन्यो । संक्रमण तीन गुणाले बढ्यो । बाँकेमा मात्रै १२ हजार ५ सय ६२ जना संक्रमित भए । २ सय ५३ जनाको मृत्यु भयो ।

भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल फर्कनेहरुको सीमा नाकामा एन्टिजेन चेक गर्दा कोभिड–१९ को संक्रमण देखिन थालेको छ ।

कोभिड–१९ संक्रमण फैलदै गएपछि अस्पतालमा बेड र अक्सिनको अभाव हुने र मृत्यु दर बढ्ने सम्भावना धेरै हुन्छ । वि.सं. २०७८ सालको बैशाख र जेठ महिनामा मृत्यु दर पनि निक्कै बढ्यो । त्यतिबेला नेपालगन्जको भेरी अस्पतालमा मात्रै दैनिक ९/१० जनासम्मको मृत्यु भएको थियो ।

संक्रमितहरुको उपचार र शब व्यवस्थापनमा भेरी अस्पतालका स्टाफ नर्स र कार्यालय सहयोगी महिलाहरुले अग्रपंक्तिमा खटेर काम गरे । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव व्यवस्थापनको चुनौतीपूर्ण काममा भेरी अस्पताल नेपालगन्जकी कार्यालय सहयोगी सुशीला भण्डारीसहित महिलाहरु खटिदै आएका छन् ।

महिला सहयोगीहरुले मृत्युदर उच्च भएका बेला दैनिक ६/७ जनासम्मको शव ¥यापिङ गर्ने जोखिमपूर्ण काम गरे । हाम्रो समाजमा अझै पनि महिलाहरु मृतकको अन्तिम संस्कारमा सहभागी हुनु हुँदैन भन्ने मान्यता छ । तर, कोभिड–१९ संक्रमणको जोखिमपूर्ण अवस्थामा सुशीलासहित भेरी अस्पतालका कार्यालय सहयोगी महिलाहरुले शव वयवस्थापन फ्रन्टलाइनमा रहेर उच्च बहादुर प्रदर्शन गर्दै आएका छन् । शव व्यवस्थापनको काममा अग्रमोर्चामा खटिएर भेरी अस्पतालका कार्यालय सहयोगी महिलाहरुले जस्तो सुकै चुनौतीपूर्ण काम गर्न सक्छन भन्ने उदाहरण देखाएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

सुशीलासहित महिला सहयोगीहरुले कोभिड–१९ संक्रमणबाट मृत्यु हुने व्यक्तिको शवमा सेनिटाइजर छर्कने, प्लाष्टिकको विशेष किसिमको झोलामा शवलाई राखेर ¥यापिङ गर्ने र शवलाई स्टेचरमा राखेर शव गृहसम्म पु¥याउने काम गर्दै आएका छन् ।

नेपालगन्जको प्रचण्डगर्मीमा ४/५ घन्टासम्म पीपीई लगाएर शव व्यवस्थापन गर्नु चानचुने काम भने पक्कै होइन् । ‘पसिनाले शरीर पूरै भिज्छ । काम गर्दागर्दै शरीरमा पानीको मात्रा कम भएर चक्कर आएर ढल्ने डर हुन्छ,’ सुशीला सुनाउँछिन्, ‘सानो गल्ती हुँदा संक्रमित हुने डर पनि उतिकै हुन्छ ।’ तै पनि सुशीलासहित कार्यालय सहयोगी महिलाहरुले एक वर्षदेखि कोभिड–१९ विरुद्धको लडाइ फ्रन्टलाइनमा रहेर काम गर्दै आएका छन् ।

सुशीलाले भेरी अस्पतालका काम गर्न थालेको एक बर्ष भयो । सुशीलाले काम सुरु गर्नु र कोभिड–१९ को महामारीसँगसँगै जस्तो भयो । सुशीलाले डर र त्रासको वातावरणमा शव ¥यापिङ गर्ने जस्तो जोखिमपूर्ण काम गर्दै आइन् । भेरी अस्पतालमा मात्रै कोभिड–१९ संक्रमणबाट हालसम्म करिब ३ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

सुशीलाले कोभिड–१९ वार्डको सरसफाइदेखि काम पनि गर्दै आएकी छन् । उनी दैनिक ६ देखि १२ घन्टासम्म अस्पतालको ड्युटीमा खटिन्छन् । त्यस्तो जोखिमपूर्ण काम गरे बापत सुशीलाले मासिक १२ हजार मात्रै पारिश्रमिक पाउँछन् । ‘जोखिम भत्ता कुनै महिना आउँछ कुनै महिना आउँदैन्,’ उनले भनिन् ।

सुशीला

सरकारी अस्पतालमा कार्यालय सहयोगीले पाउने न्यूनतम पारिश्रमिक १५ हजार हो । तर, ठेकेदार कम्पनीमार्फत अस्पतालमा काम गरेका कारण सुशीलाले १२ हजार मात्रै पारिश्रमिक पाउँछन् । पैसा कम भयो भन्ना साथ पाएको त्यही कामबाट पनि ठेकेदारले हटाइदेला की भन्ने डर हुन्छ ।

गरिब परिवारकी सुशीलालाई काम नगर्दा हातमुख जोर्न गाह्रो छ । एउटा सानो बच्चाको पालनपोषण गर्ने जिम्मेवारी उनकै काँधमा छ । श्रीमान कामको खोजीमा घरबाट निस्केको ४ वर्ष भयो । तर, अहिलेसम्म श्रीमान् कहा के कस्तो अवस्थामा छन् भन्ने उनलाई थाहा छैन । ‘श्रीमानसँग सम्पर्क नै नभएको ४ वर्ष हुन लाग्यो,’ उनले सुनाइन् । सुशीलाको घर बाँकेको खजुरामा हो । खजुराबाट आउन जान गाह्रो भएपछि अस्पतालकै एउटा कोठामा बसेर काम गरिरहेकी छन् ।

सुरुका दिनहरुमा शव व्यवस्थापन गर्दा सुशीलालाई डर लाग्थ्यो । तर, काम गर्दै जादा बानी पर्दै गएको छ । पछिल्ला दिनहरुमा बिरामीको मृत्यु हुन क्रम रोकिएपछि शुशीलालाई केही सहज भएको छ । शव व्यवस्थापनमा अस्पतालका सहयोगी महिलाजस्तै महिला सैनिकहरु पनि खटिदै आएका छन् । पछिल्ला दिनहरुमा नेपालगन्जको राझास्थित भैरवप्रसाद गणबाट ४ जना महिला सैनिकको टोली पनि खटिदै आएको छ ।

महिला सैनिक टोलीले नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको छ । अस्पतालमा पुगेर महिला सैनिकहरुले संक्रमणबाट जोगिन पीपीई सेट लगाउँछन् । मृतकको शवलाई सम्मानका साथ शव बाहनहरुमा राखेर घाटसम्म पु¥याउँछन् ।

शवलाई चितामा राखेर सम्मानका साथ मृतकका आफन्तहरुलाई अन्तिम संस्कार गर्न सहयोग पु¥याइरहेका छन् । घाटहरुमा मान्छेको शव जलेको मात्रै देखेका महिला सैनिकले शव व्यवस्थापनको जिम्मेवारी आइलाग्दा सुरुका दिनहरुमा अप्ठ्यारो महसुस गरेका थिए । तैपनि, सावधानी अपनाएर महिला सैनिकले आफ्नो जिम्मेवारी बहन गर्दै दिनहुँ जसो ३/४ वटा शव व्यवस्थापन गरिरहेका छन् । सानो गल्ती भयो भने शव व्यवस्थापनको काममा खटिदा संक्रमणमा पर्ने जोखिम धेरै हुन्छ ।

काम गर्दै जादा उनीहरु शव व्यवस्थापनको काममा अभ्यस्त हुन थालेका छन् । सेनामा जागिर खाने पछि हरेक सैनिकले आइपर्ने जस्तोसुकै जिम्मेवारी पनि सहज रुपमा पूरा गर्नुपर्छ । महिला सैनिक भन्छन बिमानी बिक भन्छिन्, ‘हामीले त्यहि एउटा सैनिकको दायित्व पूरा गरेको हो ।’

कोभिड—१९ महामारीका बेला शव व्यवस्थापन जस्तो कठिन काम गरेर उनीहरुले महिला र पुरुष बराबरी हुन भन्ने सन्देश प्रभावित गरेका छन् । राष्ट्रका लागि परि आएको बेला महिलाले जस्तोसुकै अप्ठ्यारा कामहरु पनि गर्न सक्छन् भन्ने उदाहरण पनि प्रस्तुत गरेका छन् । महिला सैनिक टोलीले हाल सम्म ५० भन्दा बढी शवको व्यवस्थान गरिसकेको छ । कोभिड—१९ संक्रमितको शव व्यवस्थापनमा अहोरात्र खट्ने ‘वुमन स्क्वायड’लाई सलाम ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)