२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपाल स्वास्थ्य अनुसन्धान परिषद्को लुम्बिनी प्रदेश कार्यलय बुटवलमा स्थापना

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को लुम्बिनी प्रदेश कार्यलय बुटवलमा स्थापना


बुटवल—नेपाल स्वास्थ्य अनुसन्धान परिषदको लुम्बिनी प्रदेश कार्यालय स्थापना गरिएको छ । आम्दा अस्पताल बुटवल परिसरमा परिषदको प्रदेश कार्यालय स्थापना गरिएको हो ।

हाललाई २ जना कर्मचारी राखेर सेवा सुरु गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले बताए । परिषद स्वस्थ्य मन्त्रालयअन्तर्गत रही रिसर्चका लागि आवश्यक कागजी र बैज्ञानिक अनुसन्धान गर्दै आएको छ ।

अन्तर्राष्ट्रियस्तरमा पहुँच पुर्याउन, मापदण्डात्मक र इथिकल दुवै तरिकाले अनुसन्धान आवश्यक रहेको ज्ञवालीको भनाइ छ । ‘हामी अन्तर्राष्ट्रिय मापदण्ड, इथिकल कुराहरु समेतलाई विचार पुर्याइ रिसर्च बेसमा काम गरिरहेका छौँ । अब लुम्बिनी प्रदेशमा पनि कार्यालय स्थापना नै गरी सेवा सुरु भएको छ,’ उनले भने ।

हाल अनुसन्धानका लागि आवश्यक नीतिहरुमा समेत समस्या भैरहेका बेला यस क्षेत्रमा काम गरिरहेकाहरुले अनुसन्धानलाई प्रोत्साहन हुने गरी नीति बन्नुपर्नेमा उनले जोड दिए । ‘हामीमा नीतिको समस्या छ । नीति स्पष्ट हुने हो भने आउटपुट पनि राम्रो आउने छ,’ उनले भने ।

गत हप्ता मात्रै परिषद्को प्रदेश कार्यालय जनकपुरमा स्थापना भएको थियो । परिषद्मा क्लिनिक वा फिल्ड सबै खाले अनुसन्धान हुने गर्दछ । अनुसन्धानको काम पछिल्लो समय आवश्यक भएको परिषदको बुझाइ छ । ‘सरकारको नीति अन्तर्गत अनुसन्धान जरुरी हुन्छ । केन्द्र सरकारबाट गरिएको अनुसन्धान पर्याप्त हुने कुरै भएन । अब हामी प्रदेशमा आएका छौं,’ उनले थपे ।

रिसर्चर तालिम, खोज अनुसन्धानमूलक कार्य, एन्टिबडीको अध्ययन अनुसन्धानलगायतका कार्यहरु परिषद्ले गर्ने ज्ञवालीले बताए । प्रदेशमा भएका रिसर्चहरुको बारेमा समेत आवश्यक खोज र तथ्यांक तयार गरिने उनले जानकारी दिए ।

कोभिड—१९ को समयमा अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा परिषद्ले कोभिडको रिकभरी ट्रायल गरिसकेको ज्ञवाली बताउँछन् । अहिले भने नेपालमा सो काम भैरहेको उनको भनाइ छ । परिषद्को स्थायी संरचनाका लागि तिलोत्तमा नगरपालिकाको सरस्वती माबिको जग्गा माग भएको ज्ञवाली बताए ।

विश्वका सबैजसो देशहरुमा स्वास्थ्य रिसर्चहरु काउन्सिलबाट गरिने र सबैभन्दा महत्वपूर्ण स्थानका रुपमा लिइने हुँदा नेपालमा पनि त्यस प्रकारको वतावरण बनाउनु पर्नेमा आम्दा अस्पतालका डा. राजेन्द्र बस्याल जोड दिए । ‘नेपालमा अनुसन्धानको काम निक्कै सुस्त गतिमा छ । अनुसन्धानात्मक कार्यलाई विशेष प्राथमिकताका साथमा तीव्रतर बनाउनुपर्छ । मानव अंगसँग जोडिएका सबै अनुसन्धानहरुलाई समेटेर अगाडि बढाउनु पर्छ,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ