२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा ३८ जना भूकम्पका घाइतेको उपचार हुँदैं

बाँकेमा ३८ जना भूकम्पका घाइतेको उपचार हुँदैं


नेपालगन्ज—जाजरकोट भूकम्पमा घाइते भएका ३९ जनालाई बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये ३७ जनाको डेडिकेटेड अस्पताल बनाइएको भेरी अस्पताल उपचार भइरहेको छ ।

१ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । बाँके ल्याइएका एक जनाको भने उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रजिअ पोखरेलकाअनुसार कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको १ जना घाइतेलाई पनि आजै डेडिकेटेड अस्पताल भेरीमै ल्याउने तयारी गरिएको छ ।

उपचाररत घाइतेमध्ये ५ जनाको राति १२ बजे नै चिकित्सकहरुले सफल अपरेसन गरेका छन् । ‘हाल सबै गरी ३८ जना भूकम्पका घाइतेको बाँकेमा उपचार भइरहेको छ,’ पोखरेलले भने, ‘भेरी ३७ जना कोहलपुर १ जना घाइते उपचाररत छन् । बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ ।’

अस्पताल आइपुग्नुअघि नै मृत्यु भइसकेका १ जनाको शव आइतबार बिहान ७ बजे नलगाड—१, जाजरकोट पठाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उपचाररत ३२ जनामध्ये १६ जना महिला र १६ जना पुरुष रहेको प्रकोप व्यवस्थापन टिमका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जसमध्ये, ९ जना बालबालिका, १ जना गर्भवती महिला र ५ जना ज्येष्ठ नागरिक रहेका छन् । उपचारका लागि नेपालगन्ज ल्याइएका घाइते बिरामीमध्ये १ जना बाँकेका, २३ जना जाजरकोटको, १३ जना रुकुमपश्चिमको र १ जना सल्यानका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ