१५ रोपनी क्षेत्रफलमा उत्कृष्ट पूर्वाधार । अटोमेसनमा आधारित फ्याक्ट्री । गुणस्तरीय औषधि उत्पादनमा प्राथमिकता । सबै चरणहरूमा निरन्तर सुधारलाई प्रोत्साहन र त्यसलाई तत्कालै सुधार्ने विशेषता । लिडिङ म्यानिफ्याक्चरसँगै मात्रै कच्चा पदार्थ किन्ने र क्वालिफाइड ह्युमन रिसोर्सजस्ता कारणले ललितपुर महालक्ष्मी—८ विष्णुडोलस्थित एकर्ड फर्मास्युटिकल्सलाई विश्वस्तरीय बनाएको छ । एकर्ड फर्मास्युटिकल्सको फ्याक्टीमा पुग्ने जो कोही भन्न बाध्य हुन्छ—वाह नेपालमै यस्तो विश्वस्तीय कम्पनी । पूर्वाधार, जनशक्ति व्यवस्थापन, अत्याधुनिक उपकरण, गुणस्तरजस्ता कारणले एकर्डलाई विश्वस्तरीय नेपाली फर्मा कम्पनी बनाएको हो ।
व्यवस्थापनले क्वालिटीमा कम्प्रोमाइज नगर्ने मुख्य लक्ष्यका साथ काम गरिरहेका कारण बजारमा एकर्डका उत्पादनहरुको माग पनि क्रमसः बढ्दो छ । ‘हामीले उत्पादन गरेका औषधि हामी आफै, परिवार र साथीभाइले पनि खानुपर्छ भन्ने सोचेर उत्पादन गर्छौं,’ एकर्डका महाप्रबन्धक—टेक्नीकल रमेशमान श्रेष्ठ भन्छन्, ‘बरु ढिला होस् हाम्रो प्रडक्टको गुणस्तरमा कम्प्रोमाइज गर्दैनौं ।’
नेपाली स्वास्थ्य उपकरणका क्षेत्रमा अलग्गै पहिचान बनाएका विशाल पण्डितको अगुवाईमा एकर्ड वि.सं. २०७० सालमा उधोग विभागमा दर्ता भएको हो । स्वास्थ्य उपकरण र औषधिका ठूला निर्यातकमध्येमा पर्ने पण्डितले स्वदेशमै उद्यम कर्ममा जोडिने योजनाका साथ एकर्ड फर्मास्युटिकल्समार्फत उत्पादनमा हात हालेका हुन् । स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गरेर नेपालीलाई पुर्याउने र विदेशी बजारमा निर्यातमार्फत वैदेशिक मुद्रा भित्र्याउने उनको योजनाले एकर्डमार्फत अहिले विस्तारैं एउटा आकार ग्रहण गर्दैछ ।
वि.सं. २०७२ सालमा महालक्ष्मी नगरपालिका—८ विष्णुडोलको १५ रोपनी जग्गामा एकर्ड फर्मास्युटिकल्सको जग हालिएको हो । तीन वर्षमा उद्योगका लागि आवश्यक बेसमेन्ट र भुइँतलासहितको ६ तलाको अत्याधुनिक भवनको निर्माण सम्पन्न भयो । ६० हजार स्क्वायर फिटमा फैलिएको उक्त संरचनामा फ्याक्टी सेटअपका कामहरु अगाडि बढाइयो ।
गुणस्तरमा विशेष ध्यान दिदैं प्रोडक्सन डिपार्ट्मेन्टका लागि अटोमेसनमा आधारित अत्याधुनिक उपकरण इन्स्टल गरियो भने फ्याक्ट्रीमा उच्चस्तरको गुणस्तर सुनिश्चिताका लागि क्वालिटी कन्ट्रोल डिपार्ट्मेन्टमा क्वालिटी चेक गर्ने आवश्यक सबै अत्याधुनिक उपकरण इन्स्टल गरियो ।
उद्योगका सबै आवश्यक कामहरु सकिएपछि ट्रायलमार्फत प्रडक्टहरुको गुणस्तर सुनिश्चित गरियो । उसो त कम्पनी पूर्वाधार निर्माणका कामहरु अगाडि बढिरहेकै बेला वि.सं. २०७४-०७५ देखि रिसर्च एण्ड डेभलपमेन्टका कामहरु पनि सँगसँगै अगाडि बढाइसकेको थियो । पूर्वाधार, उपकरण इन्स्टलेसन, अनुसन्धान र विकासका कामहरु सकिएपछि औषधि व्यवस्था विभागमा सुरुको वर्षमा एकर्डलाई ४० वटा प्रडक्ट उत्पादन गर्ने लाइसेन्स दियो ।
४० प्रडक्टको उत्पादन लाइसेन्स भएपनि वि.सं. २०७६ सालमा एकर्डले १० वटा प्रडक्टबाट बजारमा इन्ट्री गरेको हो । ‘सुरुमा क्रिम र मलमलगायतका १० वटा उत्पादनबाट हामी बजारमा गएका हौं,’ श्रेष्ठ भन्छन्, ‘एकोसिन ओइन्ट्मेन्ट , रुमोनक जेल, क्युटिमम क्रीम, हेलोटप क्रीमलगायतका उत्पादन थिए ।’ त्यो बेला एकर्डको फ्याक्ट्रीमा झण्डै ३० जनाको टिम थियो ।
सुरुका प्रडक्ट बजारमा पठाएको दुई महिना नपुग्दै एकर्डले लिक्वीड (झोल) औषधि उत्पादनमा हात हाल्यो । झोलमा पनि १० वटा उत्पादनबाट एकर्डले आफ्नो यात्रा अगाडि बढाएको हो । त्यसको झण्डै एक वर्षपछि एकर्डले ट्याब्लेट उत्पादन सुरु गर्यो । ‘वि.सं. २०७६ सालबाट नै हामीले ट्याब्लेट पनि उत्पादन थाल्यौ,’ श्रेष्ठले भने, ‘अहिले ६ वर्ष भयो ।’
६ वर्षको छोटै अवधिमै अहिले एकर्डका १०३ वटा प्रडक्टहरु नेपाली बजारमा छन् भने १७१ वटा प्रडक्ट उत्पादनका लागि औषधि व्यवस्था विभागबाट अनुमति पाएको छ । जसमध्ये एकर्डका स्याकुबितृल र भालसर्टनको ब्राण्ड भालसाक-५०/१००, रिभारोक्सबनको ब्राण्ड रिभाबन १०/१५/२०, एम्लोडिपिनको ब्राण्ड भासलोड-२.५/५/१०, भासलोड- एल टाब्लेट, टेल्मिसार्टन ब्राण्डको ‘टेलसन २०/४०/८०’, टेलसन एएम, टेलसन एच, एटोर्भास्टाटिनको ब्राण्ड एटोस्टा, रोजुभास्टाटिनको ब्राण्ड रोस्भा ५/१०/२०, टोर्सेमाइडको ब्राण्ड लुपटोर ५/१०/२० , भिटामिन सी को ब्राण्ड एकोभिट सी लगायतका औषधि बजारमा नाम चलेका औषधिमा पर्छन् भने डाइबटिजतर्फ लिनाग्लिप्टिनको ब्राण्ड लिजेन्टा ५ , डापाग्लिफोजिनको ब्राण्ड डापाग्लिन, एम्पग्लिफ्लोजिन को ब्राण्ड एम्पारेक्स चल्तीका औषधि हुन् । यसबाहेक सुकफेट सस्पेन्सन, सुकफेट ओ सस्पेन्सन, डेक्स कफ कफ सिरप, एकोटस कफ सिरप, लिन्सिन-३००, मेटफिक्सलगायतका औषधि बजारमा खोजिने औषधिमा पर्छन् ।
एकर्डको छुट्टै फर्मुलेसन आरएण्डडी (एफआरएण्डी) छ, जसले औषधिका नयाँ—नयाँ क्षेत्रमा काम गर्छ । मार्केट प्लानिङ डिभिजनले यसमा आफ्नो इनपुट दिन्छ । उसले बजारको सर्वे गरेर ट्रेण्ड पत्ता लगाउने, बजारको माग र आवश्यकता पहिचान गर्ने काम गर्छ । मार्केट प्लानिङ डिभिजनले नयाँ प्रडक्टका लागि पर्पोजल पठाएपछि फ्याक्ट्रीको उपकरण, क्षमतासँग मिल्ने भएमा त्यो प्रबन्ध निर्देशक कहाँ पठाइन्छ, प्रबन्ध निर्देशकले त्यसलाई स्वीकृत गरेपछि उत्पादनका लागि थप गृहकार्य अगाडि बढाइन्छ । त्यसपछि अनुमति लिने, ड्रग्स र ड्रग्समा हाल्ने एक्सिपियन्ट लगायतका कुराहरुमा आरएण्डडीले लिटरेचर रिभ्यु, प्री फर्मुलसन स्टडीहरु गर्छ । त्यसपछि कच्चा पदार्थ मगाउनेलगायतका काम हुन्छन् । अन्तमा समग्र प्रक्रिया पूरा भएपछि प्रडक्ट म्यानिफ्याक्चरिङ सुरु गरिन्छ ।

६ वर्षकै अवधिमा १०३ वटा उत्पादन बजारमा ल्याएको एकर्डको फ्याक्टीमा मात्रै ३० जनाभन्दा बढी अधिकृत तह वा त्योभन्दा उपल्लो तहका कर्मचारी छन् । सबैगरी फ्याक्ट्रीसँग सम्बन्धित मात्रै ७७ जना कर्मचारी छन् । यो संख्यामा बजारमा जाने मार्केटिङलगायतको जनशक्तिलाई जोड्ने हो भने झण्डै १४० हाराहारीमा पुग्छ । एकर्ड फर्मास्युटिकल्स आन्तरिक व्यवस्थापनका दृष्टिले पनि एकदमै सिष्टमेटिक छ । एकर्डको फ्याक्टीमा प्रोडक्सन, क्वालिटी कन्ट्रोल, क्वालिटी एस्योरेन्स, स्टोर,आरएण्डडी, इन्जिनियरिङ, रेगुलेटरी अफेयर्स (आरए), आइटी, पर्चेज, एचआर/ एडमिनलगायतका १० वटा विभाग छन् । अझ एकर्डका अहिले सबैजसो कामहरु सफ्टवेयरमार्फत हुन्छन् । प्रडक्टसका अधिकांश कामहरु अटोमेसनमार्फत हुन्छन् ।
क्षमताका हिसाबले पनि एकर्ड फर्मास्युटिकल्स व्यवस्थापनले दशकपछिलाई ध्यान दिएर ठूलो क्षमताका उपकरण जडान गरेको छ । एकर्डको ट्याबलेट सेक्सनमा मेसिनले एक घण्टामा १ लाख ५० हजारदेखि दुई लाख ट्याब्लेटसम्म उत्पादन गर्न सक्छ भने एक सिफ्टमा झण्डै १५ लाख हाराहारीमा ट्याब्लेट उत्पादन गर्न सक्ने क्षमता छ । त्यस्तै, मलम र लिक्वीडमा पनि एकर्ड ठूलो उत्पादन क्षमता छ । ‘हामीले आफ्नो पूर्ण क्षमता प्रयोग गर्न पाएका छैनौं । ट्याब्लेटको केसमा २५ प्रतिशत मात्रै प्रयोग भएको छ,’ श्रेष्ठ भन्छन्, ‘लिक्वीइडको केसमा त १० प्रतिशत क्षमता पनि उपयोग भएको छैन ।’
समग्रमा अहिलेको एकर्डले क्षमताको ३५—३६ प्रतिशत क्षमता मात्रै उत्पादन गरिरहेको छ—त्यो पनि फ्याक्टी ९ देखि ५ बजेसम्म मात्रै सञ्चालनमा ल्याएर । कम्पनीको क्षमता तीन सिफ्ट चलाउन सक्ने छ । गत वर्षको असारमा कम्पनीले २४ सै घण्टा चलाएर त्यो प्रमाणितसमेत गरिसकेको छ । ‘त्यो बेला हामीले १५ दिनका लागि २४ सै घण्टा चलायौं,’ उनले भने, ‘त्यो बेला हामी आफैलाई हाम्रो पूर्ण क्षमता कति हो भन्ने थाहा भयो ।’
एकर्डले गुणस्तरीय प्रडक्टकै लागि भारतका कहलिएका प्रमुख कम्पनीहरुसँग मात्रै कच्चा पदार्थ लिने गर्छ । जसमध्ये हेट्रो, क्याडला, ग्याटफोसे उसले कच्चा पदार्थ किन्ने कम्पनी हुन् । ‘कच्चा पदार्थमा विशेषतः एपीआईमा हामीले कम्प्रोमाइज गर्दैनौं,’ श्रेष्ठ सुनाउँछन् । एकर्ड विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जिएमपी एप्रुभ कम्पनी हो भने एकर्डको स्ट्याण्डर्ड ईयु जिएमपीस्तरको छ । मेसिन, कन्ट्याक्ट पार्ट थ्रीवानसिक्स, लिक्वीइडको केसमा कन्ट्याक्ट पार्ट थ्रीवानसिक्स एल, पानीको प्रशोधनको लागि आरओइडिआई, अटोमेसनजस्ता विशेषताले एकर्डलाई विशेष बनाएको छ भने स्ट्याण्डर्ड अपरेटिङ प्रोसेस (एसओपी)अनुसार नै मेसिन सञ्चालन हुन्छ ।
‘बढी मानिसहरुले काम गर्दा त्यहाँ कन्टामिनेसन हुने सम्भावना रहन्छ,’ महाप्रबन्धक श्रेष्ठ कारण खोल्छन्, ‘त्यसैले हामीले पूरै अटोमेसन प्रविधीमा काम गर्छौ ।’ फर्मुलेसनमा पनि जिरो डिफेक्टको मान्यतालाई एकर्डले विशेष ख्याल गर्छ । जनशक्तिको क्षमता अभिवृद्धिका लागि हरेक शुक्रबार कम्पनीले इनहाउस तालिमको व्यवस्था गर्दै आएको छ । त्यसबाहेक बाह्य तालिमका लागि पनि कम्पनीले जनशक्ति पठाउँदैं आएको छ । समय—समयमा कर्मचारीहरुका लागि रिफ्रेसमेन्ट प्रोग्रामहरु पनि कम्पनीले आयोजना गर्ने गर्छ ।
राम्रो काम गर्नेलाई प्रोत्साहन गर्दै उचित मुल्यांकन गरिन्छ भने हरेक वर्ष कर्मचारीको स्वास्थ्य र आँखा चेकजाँच कार्यक्रम हुन्छ । सबै विभागका लागि जनशक्ति भर्ति गर्ने क्रममा आवश्यक क्वालिफिकेसन र अनुभवमा कम्प्रोमाइज गरिदैंन् । हरेक विभागीय प्रमुखको योग्यता स्नातकोत्तर छ उसले कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्छ । ‘क्वालिफाइड जनशक्तिमा हामीले सम्झौता गरेका छैनौं,’ श्रेष्ठले सुनाए, ‘आवश्यक शैक्षिक योग्यतासँगै अनुभव पनि हेर्छौं ।’
महाप्रबन्धक श्रेष्ठले भने, ‘एकर्ड फार्मास्युटिकल्स लिमिटेड कडा गुणस्तर मापदण्डहरूको पालना गर्दै र सबै जीएमपी (GMP) र अन्तर्राष्ट्रिय नियामक मापदण्डहरू पूरा गर्दै उच्च गुणस्तरका उत्पादनहरू उत्पादन र आपूर्ति गरेर स्वस्थ समुदाय निर्माण गर्न प्रतिबद्ध छ। एकर्डले ग्राहकको आवश्यकता र अपेक्षाहरू पूरा गर्ने उत्पादन प्रदान गर्न प्रयासरत छ र सबै चरणहरूमा निरन्तर सुधारलाई पनि प्रोत्साहन गर्दछ। एकर्ड कम्पनीको लागि काम गर्ने सबै कर्मचारी, आपूर्तिकर्ता र सरोकारवालाहरुको निरन्तर व्यक्तिगत र सामूहिक टोली प्रयासमार्फत गुणस्तर प्राप्त गरिन्छ भन्ने कुरामा विश्वास गर्दछ ।’
एकर्डले औषधिको क्षेत्रमा नयाँ उत्पादनहरू तर्जुमा र विकास गरेर नवप्रवर्तनमार्फत मूल्य सिर्जना गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेको छ । गुणस्तर प्रणालीहरूलाई WHO-GMP मापदण्डहरूको आवश्यकताहरूअनुरूप एकीकृत गरिएको छ र ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तर प्रणालीहरूमा प्रक्रिया उन्मुख दृष्टिकोणमा काम गरिरहेको महाप्रबन्धक श्रेष्ठले बताए । ‘गुणस्तर प्राप्त गर्नु सबै कार्यात्मक प्रमुखहरूको प्रमुख जिम्मेवारी हो। उनीहरूलाई गुणस्तर व्यवस्थापन प्रणाली पुस्तिकामा सूचीबद्ध प्रक्रियाहरू अनुसार प्रणालीहरू काम गर्छन् भनी सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ,’ महाप्रबन्धक श्रेष्ठले भने ।
महाप्रबन्धक श्रेष्ठ
महाप्रबन्धक श्रेष्ठले अगाडि थपे, ‘मुख्य उद्देश्य उत्पादन केन्द्रित, जीएमपी-अनुरूप, ‘ जिरो डिफेक्टको ‘ प्रणाली विकास गर्नु हो, जसले लामो समयसम्म निरन्तर सुधारको लागि अनुमति दिन्छ।’ छोटकरीमा भन्नु पर्दा एकर्डले राम्रो गुणस्तर व्यवस्थापनको लागि जीएमपी र जीएलपी मापदण्डहरूजस्ता वैधानिक नियमहरू अनुरूप उत्पादन सुविधा सिर्जना, सबै खुराक फारमहरू सामग्री, प्रक्रिया र नियन्त्रण, विशिष्टताहरू र तिनीहरूको स्थिरता अध्ययनको साथ अनुसन्धान र विकासमा विकसित गर्नु, सबै निर्दिष्ट कच्चा पदार्थ र प्याकिङ सामग्रीहरू अनुमोदित विक्रेताहरूबाट मात्र खरिद गर्ने, प्रमुख पदहरूमा राम्रो अनुभवी र योग्य प्राविधिक कर्मचारीहरूको भर्ति, प्रमुख कर्मचारीहरूको लागि स्पष्ट कार्य विवरण र जिम्मेवारीहरू, बाह्य वा आन्तरिक सबै स्तरहरूमा कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्ने, पूर्ण प्रक्रियागत नियन्त्रण जाँचहरू गर्ने, फिनिश्ड उत्पादनहरूको पूर्ण जाँच र उत्पादनहरूको राम्रोसँग नियन्त्रित वितरण प्रणालीजस्ता पक्षहरु सुनिश्चित गरेको छ ।
