गृहपृष्ठ ∕ प्रदेश खबर ∕ लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १३:५५ मा प्रकाशित कञ्चनपुर – डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने भएको छ । जिल्लाका ७ वटा नगरपालिकामा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लाका शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गरिने तयारी गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जनाकारी दिए । उहाँका अनुसार लार्भा नियन्त्रण गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली खटाईनेछ । अभियानका क्रममा स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी दिइने जनाइएको छ । लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने्, पानी जम्ने खाल्डाखुल्डी आदी डेङ्गु लाग्नबाट बच्ने उपाय डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, सुत्नेबेला झुलभित्रमात्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्छ डेङ्गुका लक्षणहरु एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने क्याटेगोरी : प्रदेश खबर, समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास