गृहपृष्ठ ∕ प्रदेश खबर ∕ लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १३:५५ मा प्रकाशित कञ्चनपुर – डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने भएको छ । जिल्लाका ७ वटा नगरपालिकामा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लाका शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गरिने तयारी गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जनाकारी दिए । उहाँका अनुसार लार्भा नियन्त्रण गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली खटाईनेछ । अभियानका क्रममा स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी दिइने जनाइएको छ । लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने्, पानी जम्ने खाल्डाखुल्डी आदी डेङ्गु लाग्नबाट बच्ने उपाय डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, सुत्नेबेला झुलभित्रमात्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्छ डेङ्गुका लक्षणहरु एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने क्याटेगोरी : प्रदेश खबर, समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २९ वर्षीया चिकित्सकद्घारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट… राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल… स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन नेपालमा थप ६२ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित २६१ डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने धेरै पढिएका १ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. २ १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ३ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ ४ नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा ५ सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग ६ तीन जना चिकित्सकले सञ्चालनमा ल्याए ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’ ७ २९ वर्षीय युवा सिईओ उपेन्द्रले हाँक्दैछन् ५ करोड लगानीको ‘एक्सपर्ट क्लिनिक’ ट्रेण्डिङ शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने के कारण लाग्छ हैजा ? कस्ता हुन्छन् लक्षण ? राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ? उदयपुरमा मलद्धार नभएको नवजात शिशु जन्मिएपछि... स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा भुजंगासन योगका फाइदा कर्णालीमा केडिसीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने के कारण लाग्छ हैजा ? कस्ता हुन्छन् लक्षण ? राज्यमन्त्री श्रेष्ठ ‘सिल्भर लाइन हस्पिटल’ ब्राण्डमा कति वटा चेन हस्पिटल सञ्चालन गर्दैछन् ? उदयपुरमा मलद्धार नभएको नवजात शिशु जन्मिएपछि... स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा भुजंगासन योगका फाइदा कर्णालीमा केडिसीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न