गृहपृष्ठ ∕ प्रदेश खबर ∕ लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १३:५५ मा प्रकाशित कञ्चनपुर – डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने भएको छ । जिल्लाका ७ वटा नगरपालिकामा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लाका शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गरिने तयारी गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जनाकारी दिए । उहाँका अनुसार लार्भा नियन्त्रण गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली खटाईनेछ । अभियानका क्रममा स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी दिइने जनाइएको छ । लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने्, पानी जम्ने खाल्डाखुल्डी आदी डेङ्गु लाग्नबाट बच्ने उपाय डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, सुत्नेबेला झुलभित्रमात्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्छ डेङ्गुका लक्षणहरु एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने क्याटेगोरी : प्रदेश खबर, समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी