२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट

प्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट


कपालको जराको संक्रमणका कारण देखा पर्ने एक किसिमको ठूलो घाउ अथवा खटिरालाई पिलो भनिन्छ । यो एक किसिमको ब्याक्टेरियल इन्फेक्शन हो । व्यक्तिमा यो सरसफाइको कमीको कारण देखा पर्दछ । यस्ता खटिरा रौं तथा कपाल भएको शरीरको जुनसुकै भागमा पनि देखा पर्छ ।

एक किसिमको गाँठो बराबरको रुपमा देखिने उक्त खटिरा शरीरको मथिल्लो सतहदेखि शरीरको बोसोसम्म किटाणुले संक्रमण गरेको कारण देखा पर्दछ । यस्ता किटाणुहरु विशेषगरी हाम्रो शरीरको नाक तथा दिसा बस्ने ठाउँ वरपर रहन्छ ।

तसर्थ, शरीरमा सरसफाइको कमी भएको खण्डमा उक्त किटाणुहरुले हामीलाई आक्रमण गर्दछ । शरीरको माथिल्लो भागमा मात्रै ती किटाणुले आक्रमण गरेको खण्डमा भने व्यक्तिको शरीरमा स–साना बिबिरा तथा खटिराहरु देखा पर्दछ । तर, ती किटाणुहरुले शरीरको बोसोसम्मै प्रभाव पारेको अवस्थामा भने यसले पिलोको रुप लिन्छ । यो पीप तथा दुषित रगतहरुले भरिएको कारण अत्यन्तै चिलाउने र दुख्ने हुन्छ ।

पिलो आउनुका कारणहरु

  • सरसफाइको कमी
  • प्रतिरोधात्मक क्षमताको कमी
  • मधुमेह र थाइराइड रोगको संक्रमण
  • प्रदूषित वातावरण

रोकथाम तथा उपचारका उपायहरु

शरीरमा पिलो देखा नपरोस् भन्नका निमित्त हामीले सर्वप्रथम आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्दछ । शरीरको प्रत्येक भाग समय समयमा सफा गरी शरीरलाई सफा तथा स्वस्थ्य राख्नु पर्दछ । यसका साथै हामीले घर बाहिर निस्कनु अघि शरीर ढाक्ने कपडा लगाउनु पर्दछ । यस्ता समस्याले विशेष गरेर थाइराइड र सुगर भएका बिरामीहरुलाई सताउने गर्दछ । उनीहरुमा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले पनि यस रोगले बढी सताउँछ ।

हामीमध्ये अधिकांश व्यक्तिहरुले यस्ता समस्या देखा परेमा पिलोलाई पाक्न दिई निचोर्ने गर्छौ । तर, यसो गर्नाले निचोरिएको उक्त घाउबाट बगेको पीप र रगतमार्फत ब्याक्टेरियाहरु झन शरीरको अन्य भागमा समेत सर्ने हुनाले यसो गर्नु हुँदैन । त्यसैले यस्ता समस्याहरु देखा परेमा तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिई एन्टिबायोटिक औषधिको प्रयोग गर्नु पर्दछ ।


प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ