धनगढी -स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बैशाख महिना मा १५ संघिय अस्पताल बिभिन्न सेवा सुचारु गर्ने घोषणा गरेका थिए । यहि बैशाख ८ गते देशका बिभिन्न संघिय अस्पतालमा सेवाहरु थप संचालन घोषणा गर्ने क्रममा कैलाली स्थित गेटा अस्पतालमा पनि बिभिन्न सेवा सुचारु गर्ने घोषणा गरेका थिए ।
सो क्रममा स्वास्थ्य मन्त्री पौडेलले गेटा अस्पतालमा बैशाख तेश्रो साता इमरजेन्सी सेवा,मोडुलर ओटी र अक्सिजन प्लान्टको सेवा सुचारु गर्ने घोषणा गरेका थिए ।
बैशाख चौथो साता समेत गेटा अस्पतालमा उक्त सेवा सुचारु हुने कुनै छाटकाट देखिदैन ।
गेटा अस्पतालका सुचना अधिकारी नैन सिह कार्कीले स्वास्थ्य मन्त्रीले घोषणा गरेका सेवाहरु संचालनको लागि तयारी भईरहेको बताए । उनले भने , कर्मचारी अभावका कारण उक्त सेवाहरु संचालन गर्न यति नै समय लाग्छ भनेर भन्न नसकिने समेत बताए ।
गेटा अस्पतालको लागि स्वीकृत भएको अस्थायी दरबन्दी भर्खर मात्रै स्वीकृत भएको र कर्मचारी भर्ना प्रक्रियाको बाटो खुलेको अस्पतालका सुचना अधिकारी कार्कीले बताए ।
गेटा अस्पतालका निर्देशक डा प्रमोद यादबले मोडुलर ओटी र अक्सिजन प्लान्ट संचालनको लागि बिद्युत आपूर्तिमा केहि प्राबिधिक समस्या देखिएको र प्राविधिक हरुसँग सल्लाह भईरहेको बताए । उनले भने, उक्त सेवा उद्घाटनको बिषयमा कुनै मिति नतोकिएको समेत उनले बताए ।