२०८२ माघ २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनेपाल बहुसूचक सर्वेक्षण प्रतिवेदन : सुदूरपश्चिममा नवजात शिशु र ५ वर्षमुनिका शिशुको मृत्युदर सबैभन्दा बढी

नेपाल बहुसूचक सर्वेक्षण प्रतिवेदन : सुदूरपश्चिममा नवजात शिशु र ५ वर्षमुनिका शिशुको मृत्युदर सबैभन्दा बढी


धनगढी—सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी नवजात शिशु र पाँच वर्षमुनिका शिशुको मृत्युदर रहेको पाइएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालय नेपाल सार्वजनिक गरेको वहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी प्रतिहजार जन्ममा पाँच वर्षमुनिका ४८ बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

नवजात शिशु मृत्यदुर पनि सुदूरपश्चिमै बढी देखिएको छ । सुदूरपश्चिममा प्रति हजार जन्ममा २६ नवजात शिशुको एक महिना नपुग्दै मृत्यु हुने गरेको पाइएको हो । सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार जन्ममा १० नवजात शिशुको मृत्यु हुने गरेको उक्त सर्वेक्षण प्रतिवेदनमा औल्याइएको छ ।

त्यस्तै, एक वर्ष उमेर नपुग्दै हुने शिशु मृत्युदर सुदूरपश्चिममा प्रति हजार जन्ममा ३८ रहेको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । सबैभन्दा कम बागमती प्रदेशमा प्रति हजार जन्ममा १७ जना शिशुको मृत्यु हुने गरेको पाइएको छ ।

राष्ट्रिय रुपमा भने प्रति हजार जीवित जन्ममा शिशु मृत्युदर २७, नवजात शिशु मृत्यदुर १७ र बाल मृत्युदर ३१ रहेको प्रतिवेदनमा छ ।

सरकारले सन् २०३० सम्म संस्थागत प्रसूतिको दर ९० प्रतिशत पु¥याउने लक्ष्य लिएकामा गण्डकी प्रदेश अहिले नै उक्त लक्ष्यको नजिक पुगेको छ । दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदर पनि गण्डकी प्रदेशमा ८९ प्रतिशत रहेको छ ।

दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदरको राष्ट्रिय औसत भने जम्मा ८० प्रतिशत छ । सन् २०३० सम्ममा दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदरलाई पनि ९० प्रतिशत पु¥याउने सरकारको लक्ष्य छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ