२०८२ माघ २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशपोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना

पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना


धनगढी-सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशको पोषणको अवस्थाका बारेमा गरेको सर्वेक्षण प्रतिवेदनमा बालबालिकामा कुपोषण बढिरहेको पाइएको छ । स्वास्थ्य निर्देशनालयसँगै विभिन्न दातृ निकायको सहयोगमा उक्त स्मार्ट सर्वे गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ वटै स्थानीय तहहरुमा गरिएको उक्त सर्वेक्षणमा सहरी तथा ग्रामीण भेगका घरधुरीबाट वास्तविक अवस्था विश्लेषण गरिएको छ । प्रदेशका ४ हजार २ सय ६६ घरधुरीबाट १ हजार ७ सय बालबालिकाहरुमा सर्वेक्षण गरिएको छ । जसमध्ये सर्वेक्षण गरिएका एक चौथाइ बालवालिकामा कुषोषण देखिएको छ ।

सुदू्पश्चिम प्रदेशका ६ महिनादेखि ५९ महिनाका बालबालिकामा पुड्कोपन तथा ख्याउटेपनासँगै कम तौल र दीर्घकालीन कुपोषणलगायतका समस्या देखिएका छन् ।
स्वास्थ्य निर्देशनालयकाअनुसार सर्वेक्षणमा गरिएका बालवालिकामा ४ बालवालिकामध्ये १ जनामा ख्याउटेपन देखिएको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनको पोषणस्तरीय मापदण्डअनुसार सुदूरपश्चिम प्रदेशका बालबालिकामा देखिएको समस्या पोषण आपत्तकाल हो ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको उक्त रिपोर्टमा सुदूरपश्चिमका बालवालिकामा बढिरहेको तीव्र कुपोषणलाई तत्काल सम्बोधन गर्ने , बालवालिकाको खुवाई ब्यवहार सुधार गर्ने बहुक्षेत्रीय सहकार्य गर्न, पहिचान गरिएको उच्च जोखिम क्षेत्रहरु लक्षित सहयोग गर्न सिफारिस गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ