२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती प्रादेशिक अस्पताल : भवनको काम फेरि अलपत्र

सेती प्रादेशिक अस्पताल : भवनको काम फेरि अलपत्र


धनगढी—सम्झौताको डेढ वर्ष ढिलो गरी सुरु भएको सेती प्रादेशिक अस्पतालको भवन निर्माणको काम फेरि अलपत्र परेको छ । दुई वर्ष ६ महिनाभित्र काम सक्नेगरी १८ करोड ७४ लाखमा रविना एण्ड थेगिम जेभीसँग ठेक्का सम्झौता भएको सेती प्रादेशिक अस्पताल भवनको काम फेरि अलपत्र परेको हो ।

ठेक्का सम्झौताको डेढ वर्षपछि मात्रै निर्माण सुरु गरेको २०७७ वैशाखसम्म निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गरिसक्नुपर्ने भवनको काम सम्झौता अवधि सकिन तीन महिना बाँकी रहेका बेला ३० प्रतिशतको हाराहारीमा मात्रै भएको छ ।

निर्माण व्यवसायीसँग सम्झौता गरेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीको उदासिनताले निर्माणमा ढिलाइ भएको हो । आयोजना कार्यालयका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीका अनुसार निर्माण अवधि सकिन चार महिना मात्र बाँकी रहेका बेला भवनको ३० देखि ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

भौतिक संरचना अभावमा सेवा प्रवाहमा समस्या खेपिरहेको सेती प्रादेशिक अस्पतालले शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरिरहेको उक्त भवन समयमै बनेमा सहज हुने अपेक्षा गरेको थियो । तर, सुरुदेखि नै निर्माण हुँदै आएको ढिलाइका कारण निर्धारित समयमै काम सम्पन्न नहुने देखिएपछि थप समस्या हुने देखिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले निर्माणाधीन भवन सम्पन्न भै हस्तान्तरण भए सेवा प्रवाहमा सहज हुने बताए । पाण्डेले नयाँ भवनका सबै ब्लक बनेमा गाइनो वार्ड, नवजात शिशु वार्ड सारेर थप सेवा विस्तार गर्ने योजना रहेको सुनाए ।

तर, निर्माणमा ढिलाइ भए बिरामीको चापका कारण व्यवस्थापनमा समस्या हुने उनी बताउँछन् । नियमनको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणको कामलाई तीव्रता दिन सकेको छैन् । भवन निर्माणको कामलाई तीव्रता दिनुको सट्टा निर्धारित समयमै सम्पन्न नहुने देखिएपछि तीनै निर्माण व्यवसायीका लागि समय थप गर्ने मनस्थितिमा आयोजना रहेको छ ।

विभागका इन्जिनियर समेत रहेका बुढाथोकीले वैशाखभित्र काम सम्पन्न नहुने देखिएकाले अवधि बढाउनुपर्ने देखिएको बताए । सुरुदेखि नै ढिलाइ गर्दै आएका निर्माण व्यवसायीलाई ताकेता गर्दा पनि वेवास्ता गरिएको दावी गरिएको छ । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अस्पतालमा प्रदेशभरीबाट विरामी उपचारका लागि आउने गरेका छन् ।

५० शैय्या सरकारबाट र ७५ शैय्या आन्तरिक स्रोतबाट सञ्चालनमा रहेको अस्पतालमा ठाउँ अभाव भएपनि अहिले २ सय ४० शैय्या राखेर सेवा दिइरहेको छ । तर पनि एउटै शैय्यामा दुई—दुई जना बिरामी राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ