गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बैतडीको झुलाघाटमा कोभिड-१९ सहायता कक्षा स्थापना बैतडीको झुलाघाटमा कोभिड-१९ सहायता कक्षा स्थापना हेल्थ आवाज आईतबार, २०७६ फागुन ११ गते, १३:४८ मा प्रकाशित बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोभिड-१९ जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता आइतबार कक्ष स्थापना गरेको हो। झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको स्वास्थ्य परीक्षण हुने जनाईएको छ। नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए। कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको उनले बताए। स्वास्थ्य कार्यालय प्रमुख भट्टका अनुसार सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने तथा रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ। अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले जानकारी दिए। सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि आज सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब तीन डाक्टर अब ‘माननीय’ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब तीन डाक्टर अब ‘माननीय’