गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बैतडीको झुलाघाटमा कोभिड-१९ सहायता कक्षा स्थापना बैतडीको झुलाघाटमा कोभिड-१९ सहायता कक्षा स्थापना हेल्थ आवाज आईतबार, २०७६ फागुन ११ गते, १३:४८ मा प्रकाशित बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोभिड-१९ जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता आइतबार कक्ष स्थापना गरेको हो। झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको स्वास्थ्य परीक्षण हुने जनाईएको छ। नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए। कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको उनले बताए। स्वास्थ्य कार्यालय प्रमुख भट्टका अनुसार सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने तथा रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ। अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले जानकारी दिए। सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि आज सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग