२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सझाडापखालाको उपचार कसरी गर्ने ?

झाडापखालाको उपचार कसरी गर्ने ?


डा गणेश राई
बालरोग विशेषज्ञ

• झाडापखालाको मुख्य उपचार जलवियोजनको उपचार नै हो ।

• जति जलवियोजन भएर शरीरबाट पानी बाहिर जान्छ, त्यति नै झोल पदार्थ खुवाउने गर्नुपर्छ ।

• ६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ ।

• ६ महिनामाथिको बच्चा छ भने जीवनजलको साथसाथै आमाको दूध, दालको रस, गेडागुडी

• तरकारीको रस खुवाउने, ताजा फलफूलको रस र केरा खुवाउनुपर्छ ।

• थोरै मात्रामा जाउलोसँग दही वा मोही पनि झाडापखाला लागेका वेला राम्रो हुन्छ ।

• झाडापखाला लागेका वेला जंक फुड खुवाउनुहुँदैन ।

• झोलपदार्थसँगै जिंक चक्की खुवाउनु राम्रो हुन्छ । यसले कहिलेकाहीँ उल्टी गराउन सक्छ, तर आफैँ ठीक हुन्छ ।

• कडा जलवियोजन भएको अवस्थामा तत्काल स्वास्थ्य संस्था लानुपर्छ ।

• प्राय: झाडापखाला ३ दिनदेखि ७ दिनसम्ममा आफैँ ठीक हुन्छ । सोभन्दा लामो समय लागेमा स्वास्थ्य संस्था लैजानुपर्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ