२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्समिठो निद्राका लागि स्लिप हाइजिन

मिठो निद्राका लागि स्लिप हाइजिन



डा. सुबोधसागर ढकाल

छाती तथा निद्रारोग विशेषज्ञ

सुत्नुभन्दा तीन घन्टाअगाडि अनिवार्य खाना खाने ।

सुत्नु एक घन्टाअगाडि तपाईंलाई मन पर्ने संगीत सुन्नुहोस् या किताब पढ्नुहोस् ।

निद्रा लिएर ओछ्यानमा जाने । यदि निद्रा लागेको छैन भने ओछ्यानमा नजाने।

सुत्ने र उठ्ने निश्चित समय बनाउने ।

ओछ्यानमा गएको २० देखि ३० मिनेटसम्म पनि निद्रा लागेन भने कर गरेर नबस्ने । ओछ्यानबाट उठेर आफूलाई सबैभन्दा अल्छी लाग्ने काम गर्ने ।

त्यसो गर्दा ४०/४५ मिनेटपछि आफैँ निद्रा लाग्छ ।

सबैभन्दा ठूलो समस्या भनेको सुत्ने कोठामा हुने टिभी हो ।

अगाडिबाट टिभी हेर्न बन्द गर्नुपर्छ ।

सुत्ने वेलामा एक घन्टाअगाडि सस्पेन्स, एक्सन फिल्म या भूतको फिल्म हेर्न हुँदैन ।

यसको बढी समस्या भनेको मोटोपन हो । मोटोपन घटाएर माथिका कुरामा ध्यान दिइयो भने समस्या समाधान हुन्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ