गृहपृष्ठ ∕ टिप्स ∕ कसरी गर्ने आँखाको उचित हेरचाह ? कसरी गर्ने आँखाको उचित हेरचाह ? डा. इन्दुप्रसाद ढुंगेल आँखा रोग विशेषज्ञ नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर बिहीबार, २०७६ असोज ३० गते, १५:५५ मा प्रकाशित आँखा शरीरको एक अभिन्न अंग हो । शरीरको अन्य भागहरुका विभिन्न समस्याहरु भएजस्तै आँखामा पनि विभिन्न समस्या तथा रोगहरु लाग्ने हुन्छ । हामीले आँखाको उचित स्याहार सुसार गर्दागर्दै पनि कहिलेकाहीं विभिन्न कारण आँखामा विभिन्न खाले समस्याहरु देखिने हुन्छ । आँखामा देखिने अधिकांश समस्याहरुलाई बाहिरी अन्य कारक तत्वहरुले प्रभाव पार्दछ । जसमध्ये केहीलाई यसरी प्रस्तुत गर्न सकिन्छ । चोटपटक विभिन्न औषधिको प्रयोग शरीरमा लागेको अन्य रोगहरु संक्रमण आँखाको पावर नमिलेर खाको प्रेसर बढेमा । यस्ता तत्वहरुबाट हामीले आफ्नो आँखालाई बचाउन सकेमा आँखामा लाग्न सक्ने रोगहरुबाट बच्न सकिन्छ । आँखाको उपचार तथा उचित हेरचाह स्वास्थ्यवर्द्धक खाना खाने प्रत्येक दिन ताजा खाना खाने प्रत्येक दिन खानामा अलिकति मात्रै भएपनि सागसब्जी तथा गेडागुडीको समावेश गर्ने बालवालिकाको खानामा प्रोटिनयुक्त तथा भिटामिन ए समावेश गर्ने धुलो, धुवाँ तथा घाममा धेरै नबस्ने घाममा निस्कदा चश्माको प्रयोग गर्ने सफा पानीले मुख धुने चिसो तथा सफा पानीले बाहिरबाट मात्रै आँखा पखाल्ने । कतिपय अवस्थामा बच्चाहरु स्कुलको बोर्डमा लेखिएको अक्षरहरु राम्ररी चिन्न तथा बुझ्न नसक्ने हुन्छन् । यस्तो अवस्थामा उनीहरुको समस्या निक्र्यौल गरी आँखा उपचारको निमित्त लैजानु पर्दछ । यसैगरि सफा पानीले मुख धुने गर्नुपर्दछ । हामीले मुख धुने तथा आँखा पखाल्ने पानी तातो हुनुहुँदैन । आँखा धुनु हुँदैन यसलाई बाहिरबाट मात्रै पखाल्ने गर्नुपर्दछ । आँखा संवेदनशील हुने भएकाले यसले आँखालाई असर पु¥याउँछ । तसर्थ, आँखा पखाल्ने पानी चिसो र सफा हुनु आवश्यक हुन्छ । र, यदि आँखामा कुनैपनि समस्या देखा परेमा बजारमा उपलब्ध कुनै पनि किसिमको औषधि प्रयोग नगरी तुरुन्त सम्बधित डाक्टरलाई देखाउनु पर्दछ । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड