२०७९ असार १०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकसरी गर्ने आँखाको उचित हेरचाह ?

कसरी गर्ने आँखाको उचित हेरचाह ?


आँखा शरीरको एक अभिन्न अंग हो । शरीरको अन्य भागहरुका विभिन्न समस्याहरु भएजस्तै आँखामा पनि विभिन्न समस्या तथा रोगहरु लाग्ने हुन्छ । हामीले आँखाको उचित स्याहार सुसार गर्दागर्दै पनि कहिलेकाहीं विभिन्न कारण आँखामा विभिन्न खाले समस्याहरु देखिने हुन्छ । आँखामा देखिने अधिकांश समस्याहरुलाई बाहिरी अन्य कारक तत्वहरुले प्रभाव पार्दछ । जसमध्ये केहीलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।

  • चोटपटक
  • विभिन्न औषधिको प्रयोग
  • शरीरमा लागेको अन्य रोगहरु
  • संक्रमण
  • आँखाको पावर नमिलेर
  • खाको प्रेसर बढेमा ।

यस्ता तत्वहरुबाट हामीले आफ्नो आँखालाई बचाउन सकेमा आँखामा लाग्न सक्ने रोगहरुबाट बच्न सकिन्छ ।

आँखाको उपचार तथा उचित हेरचाह

  • स्वास्थ्यवर्द्धक खाना खाने
  • प्रत्येक दिन ताजा खाना खाने
  • प्रत्येक दिन खानामा अलिकति मात्रै भएपनि सागसब्जी तथा गेडागुडीको समावेश गर्ने
  • बालवालिकाको खानामा प्रोटिनयुक्त तथा भिटामिन ए समावेश गर्ने
  • धुलो, धुवाँ तथा घाममा धेरै नबस्ने
  • घाममा निस्कदा चश्माको प्रयोग गर्ने
  • सफा पानीले मुख धुने
  • चिसो तथा सफा पानीले बाहिरबाट मात्रै आँखा पखाल्ने ।

कतिपय अवस्थामा बच्चाहरु स्कुलको बोर्डमा लेखिएको अक्षरहरु राम्ररी चिन्न तथा बुझ्न नसक्ने हुन्छन् । यस्तो अवस्थामा उनीहरुको समस्या निक्र्यौल गरी आँखा उपचारको निमित्त लैजानु पर्दछ ।

यसैगरि सफा पानीले मुख धुने गर्नुपर्दछ । हामीले मुख धुने तथा आँखा पखाल्ने पानी तातो हुनुहुँदैन । आँखा धुनु हुँदैन यसलाई बाहिरबाट मात्रै पखाल्ने गर्नुपर्दछ । आँखा संवेदनशील हुने भएकाले यसले आँखालाई असर पु¥याउँछ । तसर्थ, आँखा पखाल्ने पानी चिसो र सफा हुनु आवश्यक हुन्छ । र, यदि आँखामा कुनैपनि समस्या देखा परेमा बजारमा उपलब्ध कुनै पनि किसिमको औषधि प्रयोग नगरी तुरुन्त सम्बधित डाक्टरलाई देखाउनु पर्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)