२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण

अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण


अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु ।’

आफ्ले बुस्टरसहित तीन वटै खोप लगाइसकेको जनाकारी गराउँदै उनले थप भनेका छन्, ‘खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा मैले आफूलाई भाग्यशाली ठानेको छु ।’

उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका छन् ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ