२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्समिर्गौला रोगीले आफूलाई कसरी सुरक्षित राख्ने ?

मिर्गौला रोगीले आफूलाई कसरी सुरक्षित राख्ने ?


मिर्गौला हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । यसले शरीरमा रहेको फोहोरलाई बाहिर निकाल्ने काम गर्दछ । यसबाहेक यसले अतिरिक्त तरल पदार्थलाई पनि हटाउँछ । मिर्गौलाले शरीरमा प्रोटिन, नुन र एसिडलाई नियमित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यति मात्र होइन, मिर्गौलाले हर्मोन उत्पादन गर्न पनि मद्दत गर्छ, जसले शरीरका अन्य अङ्गहरूको काममा असर गर्छ । यस्तो अवस्थामा मिर्गौला स्वस्थ रहनु निकै जरुरी छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्न निकै आवश्यक हुन्छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ ।

नेफ्रोप्लसका कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा अनुप एम गौडा पछिल्लो केही वर्षयता क्रोनिक मिर्गौला रोग (सीकेडी)का बिरामीको सङ्ख्या बढेको बताउँछन् । विश्वमा करिब ७० करोड मानिस दीर्घकालीन मिर्गौला रोगबाट प्रभावित छन् । हरेक वर्ष लाखौँको सङ्ख्यामा विश्वभर नयाँ बिरामी देखा परिरहेका छन् ।  जसको मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडेको छ । उनका अनुसार यसले मिर्गौला रोगबाट पीडित बिरामीहरूलाई यसबारे थप जानकारीको आवश्यकता रहेको स्पष्ट देखिन्छ ।

सीकेडीका बिरामी कहिले र कति मात्रामा तरल पदार्थ लिनुपर्छ भन्ने बारे हामीमध्ये धेरैलाई अनभिज्ञ रहेको चिकित्सक बताउँछन् । अत्याधिक तातोका कारण शरीरमा पानीको मात्रा घट्छ । यस्ता किसिमका रोगीहरूले स्वस्थ रहन सही मात्रामा तरल पदार्थ लिन र नियमित व्याम गर्न आवश्यक रहेको डा. गौडा बताउँछन् । मौसम सम्बन्धी समस्याहरू सामना गर्न र आफूलाई हाइड्रेटेड राख्नको लागि समय समयमा चिकित्सकसँग परामर्श लिनुपर्ने उनी बताउँछन् ।

सुख्खा तौल जाँच गर्ने

मिर्गौला रोगीले आफूलाई सुरक्षित राख्न सुख्खा तौल जाँच गर्नुपर्छ । सुख्खा तौल भनेको व्यक्तिको तौलबाट अतिरिक्त तरल पदार्थ निकालेर प्राप्त हुने तौल हो । सामान्यतया, हेमोडायलासिस रोगीहरूले प्रत्येक उपचार पछि आफ्नो वजन प्रति दिन १ किलोग्राम मात्र बढ्न अनुमति दिन्छ । तर, दैनिक रक्तचापसँगै आफ्नो तौल पनि हेर्नु जरुरी हुन्छ । यदि यो घट्यो भने, आफ्नो चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

नुनको सेवन कम गर्ने

शरीरमा सन्तुलित मात्रामा नुन र तरल पदार्थ हुनुपर्छ ।  धेरै नुन खाँदा तिर्खा लाग्न सक्छ । दिनभर धेरै पानी पिउनुको सट्टा बिस्तारै थोरै मात्रामा पानी पिउने प्रयास गर्नुहोस् । यदि तपाईँलाई धेरै तिर्खा लाग्छ भने, माउथवाश,  पुदिना वा क्यान्डी जस्ता चिजहरू मुखमा राखिरहने गर्नुपर्छ । यसले तपाईँलाई कम तिर्खा महसुस गराउनेछ ।

समयमै औषधि खाने

डाक्टरले तोकेबमोजिम र समयमै औषधि सेवन गर्नाले शरीरमा तरल पदार्थ कायम राख्न मद्दत गर्छ ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ