२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सचिसोमा रुघाखोकीको समस्याबाट छुटकारा पाउने घरेलु उपाय

चिसोमा रुघाखोकीको समस्याबाट छुटकारा पाउने घरेलु उपाय


जाडो मौसमको सुरुवातसँगै रुघाखोकीका बिरामीको सङ्ख्या बढ्ने गर्छ । रुघाखोकीको समस्या बढ्ने बित्तिकै धेरैजसो हामी यान्टिबायोटिक औषधी सेवन गर्न खोज्छौँ । तर चिकित्सकका अनुसार सुरुवातमै यान्टिबायोटिक औषधी कफ सिरप सेवन गर्नुअघि घरमै केही घरेलु उपचार गर्नु उत्तम मानिन्छ ।

हाम्रो भान्साभित्रै भएका जीरा, ज्वानो, मेथी लगायतका यी ५ चीजहरू रुघाखोकीका लागि अचुक औषधी हुन् । जसको सेवनले  छाती दुख्ने, हल्का खोकी लाग्ने, खोकीका कारण घाँटीमा चोट लाग्दा रगत बग्ने जस्ता समस्याको समाधान गर्छन् । यी घरेलु औषधिहरू सिरप र यान्टिबायोटिक भन्दा बढी प्रभावकारी र सुरक्षित पनि छन् । यी उपायहरू बच्चाहरूको लागी पनि अपनाउन सकिन्छ ।

जीरा

रुघाखोकी लागेको बेलामा जीरा पानी खाँदा बिरामीलाई छिटो निको हुन्छ । यसका लागि एक चम्चा जीरा लिएर एक गिलास पानीमा उमाल्नुहोस् । त्यसपछि मनतातो पानी पिउनुहोस् । जीरा पानीमा एन्टिब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी पर्याप्त हुन्छ । जसका कारण घाँटी र फोक्सोलाई आराम गरेर खोकीबाट तत्काल राहत प्रदान गर्दछ ।

ज्वानो

ज्वानोले मौसमी रोगहरूबाट सुरक्षा दिन्छ । यसमा खोकीलाई जराबाट हटाउने शक्ति हुन्छ । एक चिया चम्चा ज्वानोलाई पानी उमालेर पिउनाले नाक बन्द हुने, छाती जम्ने र खोकीबाट राहत मिल्छ ।

मेथी पानी

यो कफ, खोकी र घाँटी दुखाइको लागि उत्कृष्ट घरेलु उपचार हो । एक चम्चा मेथी लिनुहोस् र यसलाई एक कप पानीमा उमाल्नुहोस् । ५ मिनेटपछि यो मिश्रणलाई बाहिर निकाल्नुहोस्, र छान्नुहोस् । त्यसपछि मनतातो पानी पिउनुहोस् ।

अदुवाको रस

जाडोमा अदुवाको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । आयुर्वेदका अनुसार यसमा खोकी र कफ हटाउने गुण हुन्छ । एक इन्च अदुवा लिनुहोस् र यसलाई एक कप पानीमा छ मिनेट सम्म उमाल्नुहोस् र त्यसपछि यो चिया छान्नुहोस् र पिउनुहोस् ।

अमलाको रस

अहिले अमलाको सिजन पनि छ । गाउँघर तथा बजारमा अमला सहजै पाउन सकिन्छ । घरमा अमला लिनुहोस् र यसको रस निकाल्नुहोस् । यो रस एक चम्चा दिनमा दुई पटक पिउनाले जलन, सूजन, खोकी र घाँटी दुखाइबाट आराम मिल्छ ।

नोट: यो लेख सामान्य जानकारीको लागि मात्र हो । थप जानकारीको लागि डाक्टरसँग परामर्श लिएर मात्रा मिलाई सेवन गर्न सक्नुहुनेछ ।

नवभारत टाइम्सबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ