२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता व्यक्तिले भुलेर पनि नखानुहोस् मेवा

यस्ता व्यक्तिले भुलेर पनि नखानुहोस् मेवा


मेवालाई स्वास्थ्यका लागि लाभदायक फल मानिन्छ । यसमा फाइबर, भिटामिन र मिनरल्स भरपूर मात्रामा पाइन्छ । पहेँलो रंगको यो मीठो फल बजारमा बाह्रैमास उपलब्ध हुन्छ । शरीरको तौल घटाउनका लागि पनि मेवालाई राम्रो मानिन्छ । अनगिन्ति गुणहरु भएको यो फलमा केही बेफाइदाहरू पनि हुन सक्छन् । आज यो लेखमा हामी तपाईँलाई त्यस्ता ५ व्यक्तिको बारेमा बताउन गइरहेका छौँ, जसले भुलेर पनि मेवा खानु हुँदैन ।

गर्भवती महिला

गर्भवती महिलालाई आफ्नो र गर्भमा रहेको बच्चाको हेरचाह गर्न राम्रो पोषक तत्त्व चाहिन्छ । तर मेवा यस्तो फल हो जुन गर्भवती महिलाले खानु हुँदैन । मेवाले पाठेघर खुम्चाउन मद्दत गर्छ । जसका कारण तपाईँको गर्भावस्थामा समस्या आउन सक्छ ।

अनियमित हृदयघात भएका मानिसहरू

मेवा मुटुको स्वास्थ्यका लागि स्वास्थ्यकर मानिन्छ । तर, यदि तपाईँको मुटुको धड्कन अनियमित छ भने मेवा खानु हुँदैन । मेवामा पाइने पपेन इन्जाइमले हाम्रो मुटुको धड्कनलाई कम गर्ने काम गर्छ । त्यसैले यस्ता व्यक्तिले मेवा खाने कुरामा सोच विचार पुर्‍याउनुपर्छ ।

मिर्गौलाको पत्थरी भएका मानिसहरू

मिर्गौलाको पत्थरीबाट पीडित बिरामीका लागि पनि मेवा सेवन खतरा मानिन्छ । मेवामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जुन हाम्रो लागि निकै फाइदाजनक हुन्छ । तर, यसले मिर्गौलाको पत्थरीबाट पीडित व्यक्तिको समस्यालाई भने अझ बढाउन सक्छ । यसमा पाइने क्याल्सियम अक्सालेट मिर्गौलाको पत्थरीको समस्या निम्त्याउन सक्छ । त्यसैले यस्ता व्यक्तिले भुलेर पनि मेवा सेवन गर्नु हुँदैन ।

कम चिनीबाट पीडित मानिसहरू

मधुमेह वा उच्च चिनीका बिरामीहरूका लागि मेवा एक उत्कृष्ट फल हो । किनभने यसले चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ । तर चिनीको मात्रा कम भएका वा हाइपोग्लाइसेमियाबाट पीडित व्यक्तिहरूले मेवा खानु हुँदैन । किनभने यसले तपाईँको रगतमा चिनीको मात्रालाई पनि कम गर्न सक्छ ।

एलर्जी भएका मानिसहरू

एलर्जी भएका मानिसहरूका लागि मेवा सेवन राम्रो मानिँदैन । मेवामा पाइने चिटनिस इन्जाइमले अझै एलर्जीलाई बढाउन सक्छ । त्यसैले हाच्छ्युँ आउने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने र आँखामा पानी आउने जस्ता समस्या छन् भने मेवाको सेवन गर्न हुँदैन ।

–एजेन्सीको सहयोगमा  


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ